मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघद्वारा वार्षिकोत्सवको अवसर पारी बृक्षारोपण

मङ्गलबार, ०६ साउन २०७७, १७ : २५
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालले ३१औं वार्षिकोत्सव बृक्षरोपण गरी मनाइएको छ ।  

कोभिड–१९ को कारण सामाजिक दुरी कायम गरी बैंकको केन्द्रीय कार्यालय सिंहदरबार प्लाजा परिसरमा प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले वृक्षारोपण गरेका छन् । 

त्यसैगरी, दरबारमार्ग परिसर कार्यालयमा संघका अध्यक्ष हेमराज सुवेदी, तालिम तथा विकास विभागका प्रमुख दीपकराज न्यौपाने र दरबारमार्ग शाखाका प्रबन्धक दिनेश न्यौपानेले पनि संयुक्त रुपमा वृक्षारोपण गरेका छन् । वार्षिकोत्सवको अवसरमा प्रादेशिक कार्यालयहरुको परिसरमा समेत वृक्षारोपण गरिएको थियो ।

संघका अध्यक्ष हेमराज सुवेदी, बैंक, बीमा तथा वित्तीय क्षेत्र कर्मचारी संघका अध्यक्ष नारायणप्रसाद सुवेदी, संघका पूर्वअध्यक्ष वेतबहादुर लावतीले संयुक्त रुपमा संघको झण्डोत्तलन पनि गरेका छन् ।

यसैगरी, सो अवसरमा बैंकको केन्द्रीय कार्यालय सिंहदरबारप्लाजा स्थित सम्पूर्ण कर्मचारीलाई मास्क वितरण पनि गरिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपाल पेसागत हक, हित र संस्थाको सम्वद्र्धन गर्ने उद्देश्यले २०४७ साउन ६ गते स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकको सबैभन्दा ठूलो र जेठो प्रतिष्ठानस्तरको ट्रेड युनियन हो । साउन ६ गतेको दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडमा ट्रेड युनियन आन्दोलनको विधिवत रुपमा शुरुवात भएको दिन पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप