बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

स्वास्थ्य मन्त्रालयलाई नेत्रज्योति संघले दियो १०० थान थर्मोमिटर

मङ्गलबार, ०६ साउन २०७७, १७ : ४८
मङ्गलबार, ०६ साउन २०७७

नेपाल नेत्रज्योति संघले कोभिड–१९ विरुद्धको सरकारी अभियानमा १ सय थान आईआर थर्मोमिटर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सहयोग गरेको छ ।
 मंगलबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई थर्मोमिटर संघको एक टोलीले थर्मोमिटर हस्तान्तरण अध्यक्ष प्रा डाक्टर चेतराज पन्तले बताए  । 

सात लाख रुपैयाँ बराबरको एक सय थान आईआर थर्मोमिटर सहयोग गरिएको उनको भनाइ छ । 

  नेत्रज्योति संघले आँखा स्वास्थ्य र अन्धोपन कम गर्नका लागि देशका विभिन्न क्षेत्रमा काम गर्दै आएको छ । नेपाल नेत्रज्योति संघले देशका विभिन्न भागमा आँखा अस्पताल, आँखाको उपचार, प्राथमिक आँखा उपचार केन्द्रहरुबाट स्वास्थ्य सेवा दिँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप