शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अभिभावक आन्दोलित: शुल्क असुल्ने कक्षा चाहिँ नगर्ने ?

मङ्गलबार, ०६ साउन २०७७, १९ : ५७
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौं । कोरोना महामारीका कारण बन्द विद्यालयहरुले संचालन गर्दै आएको अनलाइन कक्षा बन्द भएसँगै अभिभावक आन्दोलित भएका छन् । लकडाउनको समयमा संचालनमा आएका अनलाइन कक्षावापत शुल्क नउठाउन भने पनि केही निजी स्कूलहरुले भने शुल्क लिएकै कक्षा संचालन गर्दै आइरहेका थिए । 

यस्तैमा विभिन्न विद्यार्थी संगठनहरुले शुल्क नलिन गरेको आग्रह पश्चान निजी विद्यालय संचालकहरुको संस्था प्याव्सन र एनप्याव्सनले कक्षा बन्द गर्ने निर्णय गरेको छ ।

यता निजी स्कूलका अभिभावक भने आफ्ना बालबालिकाको भर्ना र महिना शुल्कसमेत बुझाइसकेकाले यो विषम परिस्थितीमा अनलाइन कक्षालाई निरन्तरता दिनुपर्ने माग राखेका छन् । तर निजी स्कूलहरुले भने अनलाइन कक्षा संचालन गर्दै आइरहे पनि शुल्क उठाउन नदिएको भन्दै कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।   

यता, भक्तपुरको गठ्ठाघरस्थित मिल्सबेरी इन्टरनेशनल प्री स्कूलले जानकारी नै नगराई अनलाइन कक्षा बन्द गरेको भन्दै अभिभावक आन्दोलित भएका छन् । लकडाउन भएपछि अनलाइनबाट कक्षा संचालन गर्दै आएको मिल्सबेरीले अनलाइन कक्षा बापतको रकम लिइसकेकाले कक्षालाई निरन्तरता दिनुपर्ने अभिभावकको माग छ । 

मिल्सबेरीका अभिभावकहरुले आज स्कूल व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै महामारीको बीचमै पनि स्कूलले संचालन गरेको अनलाइन कक्षाले थोरै भएपनि बालबालिकालाई शैक्षिक वातावरण सिर्जना गर्नमा सकारात्मक भूमिका खेलेको तर एकाएक कक्षा बन्द हुँदा बालबालिका तथा अभिभावकमा अन्यौलता छाएको बताएका छन् । 

स्कूल व्यवस्थापनले कक्षा बन्द गर्नुपर्ने कारणबारे जानकारी नै नगराई बन्द गर्दा आफूहरु मारमा परेको अभिभावकहरुको भनाई छ । ज्ञापनपत्रमार्फत अभिभावकले स्कूलको आग्रहमा मासिक शुल्क, भर्ना शुल्क, कतिले त बार्षिक शुल्क नै बुझाएर कितावहरु समेत किनी सकेको अवस्थामा अनलाइन कक्षा नहुँदा विद्यार्थीहरुमा नकारात्मक असर पर्ने भन्दै अविलम्ब कक्षा संचालन गर्न माग गरेका छन् ।

अभिभावकले बुझाउको ज्ञापनपत्र यस्तो छ

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप