शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

महोत्तरीमा १ वर्षमा १ सय ७४ सवारी दुर्घटना, ४६ जनाको ज्यान गयो

मङ्गलबार, ०६ साउन २०७७, २२ : ३९
मङ्गलबार, ०६ साउन २०७७

बर्दिवास । महोत्तरीमा १ वर्षमा भएको १ सय ७४ सवारी दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका छन् ।  जसमध्ये ३१ पुरुष, १० महिला र ५ बालबालिका रहेका छन् । आव २०७६÷७७ को असार मसान्त सम्ममा साना तथा ठूला दुर्घटनामा परी ९५ जना गम्भिर  घाइते भएका छन् भने ७३ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीको तथ्याँकमा छ । 

सबैभन्दा बढी दुर्घटना हुने सवारी साधनमा मोटरसाइकल र स्कुटर रहेका छन्, त्यसपछि कार जिप, ट्रक ,ट्याक्टर, भ्यान, टेम्पो र सबभन्दा कम दुर्घटना हुनेमा माइक्रोबस, रहेको छ ।  दुर्घटनाको कारण सडकको अवस्था, चालकको लापरबाही, तीव्र गति, मदिरा सेवन गरेर सवारी साधन चलाउनु, सडकमा छाडा चौपाया छाडनु, पैदल यात्रुले जथाभावी सडक पार गर्नु र क्षमताभन्दा बढी यात्रु तथा माल सामान बोक्नु सवारी दुर्घटनाको कारण रहेकोे कार्यालयले जनाएको छ । 

यसैगरी दुर्घटना गराउने सवारीका चालक १६ वर्षदेखि २५ वर्ष उमेरका ४ सय २७ जना र २५ वर्षदेखि ४० वर्ष उमेरका ७ सय ८  र ४० वर्षभन्दा माथि उमेरका २ सय १३ जना रहेका छन् । 
 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप