शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

कति प्राणघातक छ कोरोनाभाइरस ? बल्ल पत्ता लाग्दैछ जवाफ

बुधबार, ०७ साउन २०७७, ११ : ३३
बुधबार, ०७ साउन २०७७

महामारीको ६ महिना पुग्दा बल्ल अनुसन्धानकर्ताहरु एक आधारभूत प्रश्नको जवाफ नजिक पुगेका छन् – कति प्राणघातक छ कोरोना ? शुरुवातमा क्रुज जहाजमा फैलिएको महामारीबारे तथ्याङ्क लिएका अनुसन्धानकर्ताहरुले भर्खरै भाइरस हटस्पटमा  हजारौँ मानिसको सर्वेक्षण गरेका छन् र कोभिड–१९ संक्रमणको मृत्युदरबारे दर्जनौँ अध्ययन गरेका छन् ।

संक्रमणबाट मरेका व्यक्तिको छानविन गर्दा यो रिपोर्टले देखाएअनुसार कोभिड–१९ ले शुन्य दशमलव ३ देखि १ दशमलव ५ प्रतिशत संक्रमितको ज्यान लिने गरेको छ । पछिल्ला अध्ययनहरुले यो दरलाई ० दशमलव ५ देखि १ प्रतिशत देखाएका छन् । अर्थात्, संक्रमित प्रत्येक १ हजार व्यक्तिमध्ये औसतमा ५ देखि १० प्रतिशतको मृत्यु हुनसक्छ ।

यस अनुमानले देखाएअनुसार नयाँ कोरोनाभाइरस सिजनल फ्लुभन्दा प्राणघातक छ, तर इबोला र पछिल्ला वर्षहरुमा देखिएका अन्य संक्रमक रोगजति छैन । अन्य प्राणघातक रोगको दाँजोमा कोरोना भाइरसले धेरैको ज्यान लिइरहेको छ, तर यो सजिलै फैलने भएकाले यस्तो भएको हो ।

‘संक्रमणको मृत्युदर कति छ भन्ने मात्रै होइन । यो कति संक्रामक छ भन्ने हो र कोभिड–१९ धेरै संक्रामक छ,’ जोन्स हप्किन्स सेन्टर फर हेल्थ सेक्युरिटीका इमर्जेन्सी मेडिसिन फिजिसियन तथा वरिष्ठ अनुसन्धानकर्ता एरिक टोनरले भने, ‘मृत्युदर र संक्रमण फैलने दरको संयोजनले यो रोगलाई धेरै खतरनाक बनाएको हो ।’

संसारमा १ करोड ४७ लाखभन्दा धेरै व्यक्तिमा संक्रमण देखिएको छ र ६ लाख ९ हजार व्यक्तिको मृत्यु भएको छ । जोन हप्किन्स विश्वविद्यालयका अनुसार त्यसमध्ये झन्डै एक चौथाई मृत्यु अमेरिकामा छ । यसको अर्थ पुष्टि भएका संसारभरका घटनामध्ये झन्डै ४ दशमलव २ प्रतिशत व्यक्तिको मृत्यु भइसकेको छ ।

गत जुनमा अमेरिकी रोग रोकथाम तथा नियन्त्रण केन्द्रका अधिकारीहरुले गरेको अनुमानअनुसार मेइको सुरुवातमा कोभिड–१९ को एउटा परीक्षणबाट घटना पत्ता लाग्दा झन्डै १० वटा घटना परीक्षणमा छुटेका थिए ।

तर हल्का र लक्षण नदेखिएका धेरै संक्रमित चेकजाँचमा छुटेका छन्, उनीहरुको अनुमानित संख्यालाई पनि जोड्दा मृत्युदर निकै कम हुन आउँछ ।  अर्थात्, पुष्टि भएको संक्रमणअनुसार ज्यान गुमाउने व्यक्तिको प्रतिशत निकाल्दा कुल संक्रमितको दाँजोमा धेरै देखिएको मात्रै हो । ‘कति धेरै मानिसमा कोरोनाको संक्रमण छ भनेर पत्ता लगाउनु साँच्चै कठिन छ,’ लुसी ओ केल भन्छिन् । उनले इम्पेरियल कलेजका आफ्ना साथीहरुसँग मिलेर गत मार्चमा चीनमा मृत्युदर ० दशलमव ६६ प्रतिशत रहेको सोध प्रकाशित गरेकी थिइन् । अनुमानित मृत्युदर पत्ता लगाउनका लागि केही अनुसन्धानकर्ताहरुले पत्ता लागेका घटना र मृतकको संख्या लिएका छन्, त्यसपछि पत्ता नलागेका वा लक्षण नदेखिएका घटनाको अनुमान पनि गरेका छन् । यससँगै पहिचान भएका कोभिड–१९ मृतकको संख्या पनि छुटेको हुनसक्छ र अनुसन्धानकर्ताहरुले त्यसलाई पनि ध्यानमा राख्न जरुरी छ ।

अन्य अनुसन्धानकर्ताहरुले एन्टीबडी टेस्ट सर्वेक्षणको नतिजाका आधारमा अनुमान सार्वजनिक गरेका छन् । वैज्ञानिकहरुले भाइरसँग प्रतिरोधी क्षमता बुझ्नका लागि काम गरेका बेला एन्टीबडी परीक्षणको डाटाका आफ्नै कमजोरी छन् ।

विश्वभर भएका विभिन्न २६ वटा अध्ययनले औसतमा ० दशमलव ६८ प्रतिशत मृत्युदर रहेको अनुमान गरेका छन् । मेडआरसीभमा जुलाईमा प्रकाशित तथ्याङ्कअनुसार ती अध्ययनको नतिजा ० दशमलव ५३ देखि ० दशमलव ८२ प्रतिशतसम्म देखिएको छ, यद्यपी यसलाई अन्य अनुसन्धानकर्ताहरुले रिभ्यु गरेका छैनन् । 

स्रोतः वाल स्ट्रीट जर्नल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप