शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अमिताभ बच्चन कोरोना मुक्त, अभिषेक बच्चन आजै डिस्चार्ज हुने सम्भावना

बिहीबार, ०८ साउन २०७७, १४ : २७
बिहीबार, ०८ साउन २०७७

१२ दिनदेखि मुम्बईको नानावटी अस्पतालमा कोभिड–१९ को उपचार गराइरहेका अमिताभ बच्चनको स्वाब परीक्षण नेगेटिभ आएको छ । यद्यपि, उनी अझैं एक–दुई दिन अस्पतालमै डाक्टरको निगरानीमा रहनुपर्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । अस्पतालसँग जोडिएको स्रोतले यसबारे जानकारी दिएको बुझिएको छ । अमिताभका छोरा अभिषेक बच्चनको सबै रिपोर्ट नेगेटिभ आएको छ । उनलाई बिहिबार बेलुकीसम्म डिस्चार्ज गरिने सम्भावना छ ।

बुधबार पुनः गरियो कोभिड परीक्षणः

७७ वर्षका अमिताभ र उनका ४४ वर्षीय छोरा अभिषेक बाहेक ४६ वर्षकी ऐश्वर्या राय र ८ वर्षकी आराध्या पनि कोरोना पोजेटिभ पाइएका थिए । उनीहरुको नानावटी अस्पतालमा उपचार चलिरहेको छ । बुधबार चारैजनाको कोभिड परीक्षण गरिएको थियो । अहिलेसम्म ऐश्वर्या र आराध्याको रिपोर्ट आइसकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप