जापानमा एकैदिन थपिए ९२० कोरोना सङ्क्रमित
एजेन्सी । जापानमा कोभिड–१९ (कोरोना) बाट थप सङ्क्रमितको सङ्ख्या ९२० पुगेको र बिहीबारसम्म जापानमा कूल २८ हजार १९० जना सङ्क्रमित भएको यहाँको स्वास्थ्य मन्त्रालय तथा स्थानीय सरकारहरूले जानकारी गराएका छन् ।
जापानमा दैनिक सङ्क्रमित हुने कोभिड–१९ विरामीको सङ्ख्या पहिलोपटक ९०० भन्दा माथि पुगेको सरकारी अधिकारीले बताएका छन् । जापानका विभिन्न छ क्षेत्रमा पछिल्ला केही दिनदेखि सङ्क्रमण दर बढ्दो अवस्थामा रहेको छ ।
यस पहिले डाउमण्ड प्रिन्सेस नामक पानी जहाजमा ७१२ जना सङ्क्रमित भेटिएबाहेक एकैदिन यति ठूलो सङ्ख्यामा सङ्क्रमित भेटिएको पहिलो पटक हो । पछिल्लो २४ घण्टामा टोकियो महानगर प्रशासनले ३६६ थप सङ्क्रमित भएको जनाएको छ । टोकियोमा पनि एकैदिन तीन सयभन्दा बढी व्यक्ति सङ्क्रमित भेटिएको यो नै पहिलो पटक हो ।
टोकियोमा अहिलेसम्म १० हजार ४२० जना कोभिड–१९ सङ्क्रमित भेटिएका छन् । विगत २४ घण्टामा टोकियोपछि धेरै सङ्क्रमित हुने ओसाका क्षेत्रमा १०४ र टोकियोका छिमेकी क्षेत्रहरू कानागावा, साइतामा र चाइबामा क्रमशः ५३, ६४ र ३३ थप व्यक्ति सङ्क्रमित भेटिएका छन् ।
जापानमा बिहीबारसम्म कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या एक हजार चार पुगेको बताइएको छ । यसमध्ये १३ जना डायमण्ड प्रिन्सेस पानी जहाजमा सङ्क्रमणपछि मृत्यु भएका थिए । जापानको स्वास्थ्य मन्त्रालयका अनुसार जापानमा बिहीबारसम्ममा ५५ जना जटिल खालका सङ्क्रमित रहेका छन् भने अहिलेसम्म २१ हजार ३१० व्यक्ति निको भई घर फर्किएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कतार र नेपालबिच धेरै कुरामा समानता देखिन्छ : राजदूत डा. ढकाल
-
योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री प्रचण्ड
-
१६औँ पञ्चवर्षीय योजनाको रणनीति : प्रतिव्यक्ति आय २४१३ अमेरिकी डलर पुर्याउने !
-
इँटाभट्टामा जिउँदै मान्छे जलाउने आलम दाजुभाइसहित ४ जनालाई जन्मकैद
-
क्रान्तिकारी कम्युनिस्ट र मशालबिच पार्टी एकता हुने
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’