शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बोलीचालीमा मात्र लकडाउन खुलेको हो : रक्षामन्त्री पोखरेल (भिडियो)

‘अलिकति गम्भीरस्थिति देखिने बित्तिकै ती ठाउँहरुलाई तुरुन्तै सिल गरिनेछ’
शुक्रबार, ०९ साउन २०७७, १३ : ०२
शुक्रबार, ०९ साउन २०७७

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले बोलीचालीमा मात्र लकडाउन खुलेको बताएका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा रक्षामन्त्री पोखरेलले बोलीचालीमा लकडाउन खुल्यो भने पनि अहिले पनि कुनैपनि शैक्षिक संस्थाहरु नखुलेको, सभासम्मेलनहरुमा बन्देज लगाएको, मनोरन्जन स्थलहरु बन्द रहेको, सैलुन तथा स्पा सञ्चालन नगरिएको तथा नाचघरहरु र सिनेमाहलहरु बन्द नै रहेको कुरा स्पष्ट पारेका हुन् । ‘त्यतिमात्रै होइन अन्तर जिल्ला सार्वजनिक यातायात पनि खोलेका छैनौँ । निश्चित पोर्टोकललाई मेन्टेन गरेर सार्वजनिक यातायातहरु जिल्ला भित्र चल्ने कुरा गरेका छौँ ।’

उनले मान्छेका दैनिक जीवनहरुलाई सञ्चालन हुन दिन र आर्थिक कारोबारहरुलाई अगाडि बढाउने उद्देश्य राखेर लकडाउनलाई खुकुलो पारेको जिकिर गरे । ‘यो कुरा गरिरहदा समाजिक दुरी कायम गर्ने, सेनिटाइजेसनको कुरामा ख्याल गर्नुपर्ने र परीक्षणलाई अगाडि ढाउनुपर्ने कुराहरुमा हामीले जोड दिएका छौँ,’ उनको भनाइ छ ।

मन्त्री पोखरेलले संक्रमणलाई रोकथाम गर्ने कुरा सरकारको आदेशको कुरा मात्रै नभएर नागरिकहरुको सचेतनाको कुरा पनि भएको बताए । ‘हामी सबै नागरिकहरु आफु सुरक्षित हुन प¥यो, आफु संक्रमणबाट बच्न प¥यो तवमात्रै समाजलाई हामी बचउन सक्छौं देशलाई बचाउन सक्छौं । नागरिकहरुको सचेतनाको कुरा पनि हो,’ उनले भने, ‘हामी गैह्र जिम्मेवार भयौं, हामी सामाजिक दुरीलाई कायम गर्दैनौं, हाम्रो बानीलाई सुधार गर्दैनौँ भने सरकारले आदेश जारी गरेर मात्रै संक्रमणलाई रोक्न सकिदैन ।’

संक्रमणको अलिकति गम्भीरस्थिति देखिने बित्तिकै ती ठाउँहरुलाई तुरुन्तै सिल गरिने पनि मन्त्री पोखरेलले जानकारी दिए । ‘हिजो लकडाउन गरिरहँदा अलिकति ध्यान नपुगेको के देखियो ।  सोलोडोलो सबै ठाउँमा एकनासले गरियो वास्तवमा त्यसमा हामीले अलिकति स्पेसिफाई गर्नुपर्थ्यो । अहिले पनि लकडाउनलाई खुकुलो बनाइरहँदा कतिपय ठाउँमा संक्रमणको स्थिति देखियो भने त्यो ठाउँ सिल हुन्छ । त्यहाँ मुभमेन्टहरु रोकिन्छ, गतिविधिहरु सबै रोकिन्छन् त्यो ढंगले जानुपर्छ भन्ने हाम्रो योजना छ ।’

उनले अन्तरिक उडान र बाह्य उडानलाई खोली नहालेको र संक्रमणको यही स्थिति भयो भने हामी खोल्न सक्छौ भनेर भनेको पनि स्पष्ट पारे छौं । ‘त्यसलाई पनि स्पेसिफाई गर्न बाँकी छ । भदौ १ गतेदेखि खोलिसकेको होइन । यही अवस्थामा संक्रमणको स्थिति डरलाग्दो भएन अलि कम हुँदै गयो भने हामी त्यसमा जान्छौं भनेर भनेका हौँ,’ उनले भने, ‘विद्यालयको कुरा के हो भने कन्सन्ट्रेटेड हुने ठाउँ हो । जस्तो सभा, सम्मेलन, भेला, पब्लिक कार्यक्रमका कुरा सबै बन्द छन् । त्यसैले विद्यालयमा हामीलाई के लागेको हो भने संक्रमणको डरलाग्दो क्षेत्र हो । तर संक्रमणको स्थिति घट्दै आयो र थोरै सावधानी लिदा पनि हुने स्थिति भयो भने केही सावधानी अपनाएर शैक्षिक संस्थाहरु पनि खोल्नुपर्ने हुन्छ ।’

मन्त्री पोखरेलले संक्रमणको विरुद्धमा जुध्ने कुरा केवल सरकारको र सरकारी संयन्त्रको मात्रै काम नभएर आम नागरिकहरुको काम पनि भएको बताए । ‘नागरिकहरुमा सचेतनता नहुने हो, नागरिकहरुले सरकारलाई सकारात्मक ढंगले नसघाउने हो भने यो संक्रमण विरुद्धको लडाइँमा हामी जीत हासिल गर्न सकदैनौँ,’ उनले भने । आजसम्म जनताको सकारात्मक प्रतिक्रिया पाएका छौं साथ समर्थन पाएका छौं, यसकै कारणले नेपाल संक्रमणको चपेटामा परेको भएपनि कम संक्रमण भएको देशमा छ । जनताको साथ सहयोग नभएको भए स्वास्थ्यकर्मीहरुको योगदान नभएको भए सुरक्षाकर्मीहरु यसमा नलागेको भए यो हुने थिएन । त्यसकारणले सबैको साथ सहयोगले हामीले उपलब्धी हासिल गरेका छौँ । थप जोखिमबाट बचाउनको लागि सहयोगको आवश्यकता छ । अरु साथ सहयोगको लागि म अनुरोध गर्न चाहन्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप