ग्राहकलाई उचित सेवा दिन नेप्सेको आग्रह
काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले शेयर कारोबार गर्ने ब्रोकर कम्पनीले तोकिए अनुसारको व्यवस्था लागू नगरेको तथा ग्राहकलाई उचित सेवा नगरेको भन्दै तत्काल सुधार गर्न आग्रह गरेको छ । शेयर बजारमा हाल अनलाइनमार्फत कारोबार गर्ने गरी सदस्य दलालबाट युजरनेम र पासवर्ड लिने लगानीकर्ताको सङ्ख्या ४० हजार पुगेको सन्दर्भमा नेप्सेले सफ्टवेयर युक्त डाटा सेन्टरको क्षमता बढाउन तथा प्राविधिक जनशक्ति बढाउनसमेत ब्रोकर कम्पनीलाई आग्रह गरेको छ ।
नेप्सेले कमजोरी तत्काल सच्याउन र लगानीकर्तालाई सहज सेवा उपलब्ध गराउन, नट्समार्फत सहज कारोबार गर्न गराउन लगानीकर्ताको नाम, ठेगाना, तिनपुस्ते नागरिकता नम्बर, बैंक खाता, निक्षेप खाताको यकिन विवरण राख्ने लगानीकर्तालाई अनलाइन सञ्चालनसम्बन्धी आधारभूत प्रशिक्षण दिन र कारोबारका क्रममा कुनै समस्या आएमा तुरुन्तै समाधान गर्ने गरी सहायता कक्षको व्यवस्था गर्ने निर्देशन दिइएको छ ।
ग्राहकलाई अनलाइन कारोबार गर्ने गरी युजरनेम र पासवर्ड उपलब्ध गराउन अघि त्यसलाई सञ्चालन गर्ने तरिकाबारे पनि सदस्य दलालले लगानीकर्तालाई जानकारी दिनुपर्ने भएको छ । नेप्सेले कारोबारमा हुने जोखिम न्यूनीकरणका लागि सदस्य दलालले लगानीकर्तालाई कूल कारोबार, कारोबार गर्ने सकिने धितोपत्र र कारोबार गर्न सकिने रकमको सीमा गरी तीन प्रकारको व्यवस्था गरेको छ ।
नेप्सेले लागानीकर्ताले कारोबार गर्दै आएको साबिकको सदस्यलाई छोडेर अर्को सदस्यमार्फत कारोबार गर्न चाहेमा साबिकका सदस्यसँग लेनदेनसम्बन्धी कुनै दायित्व भए सो फरफारक गरी नयाँ सदस्य दलालकोमा जानुपर्ने व्यवस्था गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्वतका ७० वनमा डढेलो, एक हजार चार सय हेक्टर जङ्गल नष्ट
-
वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट : मधेश प्रदेशले ‘सुपर ओभर’ मा हरायो सुदूरपश्चिमलाई
-
छोरी अरूसँग भागेको भन्दै सडक अवरुद्ध, प्रहरीले चलायो ९ राउण्ड अश्रुग्यास
-
वैदेशिक रोजगारीमा जाने श्रमिकको हवाई टिकटमा खानाको व्यवस्था गर्न विभागको आग्रह
-
सिद्धार्थ बैंकलाई ‘अन्तर–बैंक पुरुष फुटसल’को उपाधि
-
कालीकोट जिल्लाकै नमुना स्याउ फोइमहादेवमा