आधुनिक ग्यास च्याम्बर
-राममणि सिटौला
तिम्रो मात्र होइन
त्यहाँ मात्र होइन
निस्सासिरहेछ
हरेक सास
काहालीलाग्दो
उचाटलाग्दो
नरकमा
छट्पटाइरहेछ
उदारवाद नवउदारवादको
बिषालु हावा चलिरहेको
आधुनिक ग्यास च्याम्बरमा
एउटै हो हिटलर
फरक छ त केवल
पहिरिएको छ
लोकतन्त्रको नकाब
पोतेको छ अनुहारमा
बहुराष्ट्रिय कम्पनीको
बास्नादार क्रिम
एउटै हुन् हत्यारा
फरक छ त केवल
फेरिएका छ्न्
हत्याका शैली
ओढेका छ्न्
शुभ्र चम्किला बश्त्र
सिपालु छन्
घृणालाई हाँसोको
एउटै छन् सबैका
क्रूरता सनक
जालसाजी धोका
एउटै छन् नशा
सबै दौडिरहेछन्
पसिनाका गन्धको
पछि पछि
एउटै छन् प्रवृत्ति
गोयबल्स! गोयबल्स!!
फगत गोयबल्स!!
साथी जर्ज फ्लायड!
तिमी मात्र होइन
हामी पनि काहालिइरहेछौ
गुम्सिरहेछौ
छोडिरहेछौ हिक्का
खलाँती झैं निरन्तर
चलिरहेछ फोक्सो
शुद्ध ताजा हावाको निम्ति
तिम्रो मात्र होइन
हाम्रा हिस्सापनि
हावा पानी
गाँस बास
फट्फटाइरहेछ
अन्तिम साससम्म
भोकको पखेटा
ठुँगिरहेछ रक्ताम्य चुच्चोले
समयको पिँजडा
तिमी मात्र होइन
हामी पनि लिन सकिरहेका छैनौँ
भोकको पन्जाले अँठ्याएको
यो ब्रमाहाण्डमा
भूमण्डलीकृत च्याम्बरमा
बबण्डर बनेर उठ्दै
गरेका सास
भयङ्कर बबण्डर।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गत निर्वाचनबारे ओलीको विश्लेषण : सहरी, युवा र प्रवासी मतदातालाई आकर्षित गर्न सकिएन
-
वीरगञ्ज भन्सारद्वारा आठ महिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन
-
मधुमेहको लक्षण, बच्ने उपाय र उपचार
-
विश्व बैंक र आईएमएफको बैठक सकेर स्वदेश फर्किँदै अर्थमन्त्री पुन
-
प्रेमिका र फूल
-
पार्टी विरोधीले मिथ्या सूचना र भ्रामक प्रचारलाई हतियार बनाइरहेका छन् : केपी ओली