मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायती प्रमको सुझावः कोरोनाभाइरसलाई हराउनु छ भने साइकल चलाएर अफिस जानुहोस्

आइतबार, ११ साउन २०७७, १० : ०२
आइतबार, ११ साउन २०७७

बेलायतका प्रधानमन्त्री बोरिस जोनसोनले तौल बढी भएका आफ्ना नागरिकले नोभेल कोरोनाभाइरसको संक्रमणलाई हराउनका लागि आफ्नो प्रतिरोधी क्षमता विकसित गर्नुपर्ने सुझाव दिएका छन् । यस हप्ता, विशेषज्ञले तौल बढी भएका मानिसहरु कोभिड–१९ संक्रमणको उच्च जोखिममा रहेको र संक्रमण रहेको खण्डमा उनीहरुमा मृत्युदर पनि बढि हुने बताएका छन् । तौल कम गर्नका लागि जोनसोनले आफ्ना नागरिकलाई साइकल चलाएर अफिस जान आग्रह गर्नेछन् ।

जोनसोनले जारी गर्ने यस्तो सुझाव नयाँ सरकारको रणनीति अनुसार हो जसमार्फत् भाइरसको संक्रमणको प्रभाव कम गर्न प्रयास जारी छ । यसमार्फत्, बालबालिकाका लागि जंक फुडको विज्ञापनमा प्रतिबन्ध लगाइएको छ भने रेष्टुरेन्टको मेन्यूमा क्यालोरीको मात्रा पनि लेख्न आदेश दिइएको छ ।

‘सक्रिय यात्रा’ - हिँड्नु, साइकल चलाउनु जस्ता क्रियाकलापले तौल घटाउन सहयोग गर्ने विभिन्न अनुसन्धानले पुष्टि गरेका छन् ।

सात युरोपेली शहरमा अध्ययन गरिएको एक शोधमा दैनिक रुपमा साइकल चलाउँदा बडी मास इन्डेक्स सबैभन्दा कम स्तरमा हुने बताइएको छ ।

गत मेमा जोनसनले बेलायतको संसदमा निकट भविष्य साइक्लिङका लागि नयाँ स्वर्ण युग हुनुपर्ने बताएका थिए ।

स्रोतः फोर्ब्स डट कम

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप