शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रधानन्यायधीश राणाले तोके पेसी, रञ्जनविरुद्धको मुद्दा ३ न्यायाधीशको पूर्णइजलाशमा

आइतबार, ११ साउन २०७७, १० : ३५
आइतबार, ११ साउन २०७७

काठमाडौं । रञ्जन कोइरालाविरुद्धको पुनरावलोकन निवेदनको पेशी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सुनुवाईका लागि तीन न्यायाधीशको बेञ्चमा तोकेका छन् । आइतबार हुनु सुनुवाईका लागि प्रधानन्यायाधीश जबराले बमकुमार श्रेष्ठ, प्रकाशकुमार ढुङ्गाना र कुमार रेग्मीको पूर्णइजलाशमा पेशी तोकेका छन् । 

पत्नी गीता ढकालको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले रञ्जनलाई सर्वस्वसहित जन्मकैदको फैसला गरेको थियो । तर उक्त मुद्दा सर्वोच्च अदालतमा पुग्दा सर्वोच्चले रञ्जनलाई ८ वर्ष ६ महिना मात्रै कैद सजाय तोक्ने र सम्पत्ति जफत नगर्ने निर्णय गरेको थियो । 

गएको असार १५ गते प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र तेजबहादुर केसीको संयुक्त इजलाशले रञ्जनको कैद ११ वर्ष ६ महिना घटाइदिएको थियो । 

सर्वोच्चको फैसलालगत्तै सरकार उक्त मुद्दा पुनरावलोकनका लागि निवेदन दिन पुगेको थियो । रञ्जनलाई गलत मनसायले कैद सजायमा छुट दिइएको र सर्वोच्चकै नजिर विपरीत भएको भन्दै सरकारले पुनरावलोकनको निस्सा माग गरेको थियो । 

सार्वजनिक विदाको दिन भएपनि शनिवार नै उक्त मुद्दाको पेशी आइतबारका लागि तोकिएको थियो । 

आज तीन जना न्यायाधीशको बेञ्चमा परेको पुनरावलोकनको निवेदनले निस्सा पाएको खण्डमा उक्त मुद्दा फेरि अघि बढ्नेछ ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप