बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सुनचाँदी व्यवसायी महासंघले हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण गर्न समिति गठन गर्ने

आइतबार, ११ साउन २०७७, ११ : ३५
आइतबार, ११ साउन २०७७

काठमाडौं । आम उपभोक्ताको हितलाई मध्यनजर गर्दै सुनचाँदी व्यवसायी महासंघले हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने निर्णय गरेको छ । यस विषयमा थप प्रष्ट हुने गरी हिरा तथा बहुमूल्य पत्थरको मूल्य निर्धारण समिति गठन गर्ने निर्णय पनि गरेको छ । हाल बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएका छन् । 

नेपाल सुनचाँदी ब्यवसायी महासंघको तेश्रो महाधिवेशन तथा ७ औं बार्षिक साधारणसभा आगामी असोज २५ र २६ गते काठमाडौंमा हुने भएको छ । महासंघको हालै सम्पन्न १७ औं कार्यसमितिको भर्चुअल बैठकले यो निर्णय गरेको हो । महाधिवेशनमा देशभरवाट करिव ४ सय जना प्रतिनिधी सहभागी हुनेछन् ।  बैठकले महासंघको विधान अनुरुप प्रदेश महासंघको निर्वाचन पनि गर्ने निर्णय गरेको छ । यसको लागि असोज १२ गतेको मिति तय भएको छ । निर्णय अनुसार सातै प्रदेशमा एकै दिन (असोज १२ गते नै) साधारणसभा सम्पन्न हुने छ ।

महासंघको बैठकले साधारणसभा तथा महाधिवेशन सम्पन्न गर्नका निमित्त बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यको संयोजकत्वमा मूल समारोह समितिका साथै अन्य विभिन्न उप समितिहरु समेत गठन गरेको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप