शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सैनामैनामा पिकअप भ्यान र ट्रक ठोक्किँदा १ जनाको मृत्यु, ५ घाइते

आइतबार, ११ साउन २०७७, १५ : ३१
आइतबार, ११ साउन २०७७

बुटवल । रुपन्देहीको सैनामैनामा आज  भएको सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्र्तगत  सैनामैना १ बनकट्टामा भएको सवारी दुर्घटनामा परी प्युठान स्वर्गद्वारी नगरपालिका ६ बस्ने ४० वर्षीय होमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलकाअनुसार बुटवलबाट पश्चिमतर्फ जाँदै गरेको लु २ च २०२१ नम्बरको पिकअपलाई विपरित दिशाबाट आउँदै गरेको लु १ ख ४७९५ नम्बरको ट्रकले ठक्कर दिँदा सोही ठेगानाका ३६ वर्षीय खेमराज परियार गम्भीर घाईते भएका छन् भने २५ वर्षका यमराज घर्तीमगर, ३५ वर्षकी चनु घर्तीमगर, पिकअपका चालक २३ वर्षीय तेजेन्द्रबहादुर बुढा र दाङ राप्ती गाउँपालिका १ का जोठबहादुर घर्तीमगर घाईते भएका छन् ।

घाइतेहरुको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको  छ । ट्रक र चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको ट्राफिक प्रहरीले बुटववले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप