बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही सामाजिक संजाल अष्ट्रेलियाले गर्यो रक्तदान

आइतबार, ११ साउन २०७७, २० : २२
आइतबार, ११ साउन २०७७

अस्ट्रेलिया  । रुपन्देही सामाजिक संजाल अष्ट्रेलिया (RSNA)  ले  आइतबार अष्ट्रेलियन रेडक्रस ब्लड डोनर सेन्टरसँगको सहकार्यमा ४८३ जर्ज स्ट्रिट टाउनहलमा रक्तदान कार्यक्रम  गरेको छ ।

स्थापनाकाल देखिनै विभिन्न परोपकारी सामाजिक कार्य गर्दै आईरहेको संजालको वार्षिक कार्यक्रम् अनुसार “सेवा नै धर्म हो“ “रक्त दान जीवन दान“ भन्दै   रक्तदान गरेको हो ।

आइतबार बिहान  ९ बजेबाट सुरु भएको कार्यक्रम करिब १ः३० बजे समापन भएको थियो । कार्यक्रममा ११ जना (Whole Blood)  र बाँकी ३ जना ले (Plasma)  दान गरेको कार्यक्रम संयोजक मुक्तिराम पोखरेलले जानकारी दिए । 

इश्वर पोख्रेल “अविरल “दिवाकर काफ्ले,अर्जुन गैरे, मुक्तिराम पोखरेल रोशन कोइराला, लक्ष्मि न्यौपाने, रबि थापा, सरोज पान्डे, बिनोद मैनाली, पदम अधिकारी, सिमा थापा, कमल भन्डारी , पदम अधिकारी , प्रदीप खनाल एवं एनआर एन एनएसडब्लु डिपुटी कोअडीनेटर चुन्ना क्षेत्री लगायत १४ जनाले रक्तदान गरेका थिए ।

सो कार्यक्रम संस्थाका अध्यक्ष ईश्वर पोख्रेलको अध्यक्षता, संस्थाका महासचिव दिवाकर काफ्लेको संचालन मा सम्पन्न भएको थियो भने कार्यक्रम संयोजन मुक्तिराम पोख्रेलले गरेका थिए । 

कार्यक्रममा संस्थाका संथापक अध्यक्ष राज खनालको साथै कार्यकारी पधादिकारी सदस्य तुल्सा पान्डे लगायतका पदाधिकारी सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप