पहिरोबाट आमाबाबु गुमाएकी बालिकालाई नेता पौडेलले कक्षा १२ सम्म पढाइदिने
आइतबार, ११ साउन २०७७, २१ : ०१
तनहुँ । काङ्ग्रेस नेता प्रदीप पौडेलले पहिरोमा परी बाबाआमा गुमाएकी बालिका अमिना थापालाई १२ कक्षासम्म पढाइदिने बताएका छन् ।
शनिबार पहिरो पीडितको अवस्था बुझ्न तनहुँको रिसिङ गाउँपालिका -८ भैसिकिलिमा पुगेका नेता पौडेलले परिवारको अवस्था देखेपछि बालिकाको पढाइको लागि आफूले सहयोग गर्ने प्रतिबद्धता जनाएका हुन् ।
'कोही पनि नागरिक आर्थिक अवस्थाकै कारण शिक्षाबाट बन्चित हुन नपरोस् भन्ने हाम्रो उद्देश्य हो, त्यसमा पनि बाबू आमा गुमाएको नानीलाई सहयोग गर्नु हामी सबैको दायित्व हो, त्यसैले उनको पढाईको लागि सहयोग गर्छौ' उनले भने ।
अविरल वर्षाका कारण गत असार ३० मा खसेको पहिरोले घर पुरिदा अनबहादुर थापाको दुई छोरा दुई बुहारी र नातिनी गरि पाँच सदस्यको मृत्यु भएको थियो । बालिक भने पहिरोमा बाच्न सफल भएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मुन्ना भाइ’ मा ‘सर्किट’ को वास्तविक नाम अर्कै थियो, अर्शदले गरेका थिए परिवर्तन
-
कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु
-
४२ वर्षीय धोनीको नाममा अर्को कीर्तिमान
-
गण्डकीको अर्थमन्त्री चुमान, दीपक मनाङे फेरि भौतिकमै
-
५१ दिनमा सकियो ‘मेयर’को छायाङ्कन
-
नेसपाले बझाङको उपनिर्वाचनमा ‘राइट टू नो भोट’ नीति अपनाउने