शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कोरोना परीक्षण प्रयोगशाला स्थापनाका लागि २५ लाख सहयोग

सोमबार, १२ साउन २०७७, १२ : ३०
सोमबार, १२ साउन २०७७

झापा । झापाको कनकाई नगरपालिका–४ स्थित कोटिहोममा कोभिड–१९ को परीक्षणका लागि स्थापना गरिएको पिसिआर मेशिन खरिदका लागि अन्तरराष्ट्रिय झापाली समाजले रु २५ लाख सहयोग गरेको छ ।

झापामा दिन प्रतिदिन कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि जनस्तरबाट कोरोना परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको थियो । जसका लागि झापामा ‘एकका लागि एक’ अभियान सञ्चालन गरिएको थियो । अभियानसँग साझेदारी गर्दै अन्तरराष्ट्रिय झापाली समाजका उपाध्यक्ष नवीन पोखरेलले आज बिर्तामोडमा आयोजित कार्यक्रमबीच समाजले पठाएको रु २५ लाखको चेक अभियानका संयोजक महेन्द्रकुमार गिरी र सहसंयोजक विनोद बस्नेतलाई हस्तान्तरण गरे ।

यसअघि झापामा सञ्चालित सहकारीहरुले समेत ल्याब स्थापनाका लागि रु २५ लाख अभियानलाई प्रदान गरेका थिए । अभियानबाट झण्डै रु डेढ करोड सङ्कलन गरेर कोटिहोममा कोरोना परीक्षण प्रयोगशाला स्थापना गरिएको छ । स्थापना गरिएको ल्याब प्रदेश सरकारलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ ।

उता मेची अञ्चल अस्पतालमा समेत कोरोन परीक्षण प्रयोगशाला स्थापनाको पहल थालिएको छ । कोटिहोम र मेची अञ्चल अस्पतालको ल्याब सञ्चालनमा आएपछि झापासहित पूर्वको इलाम पाँचथर र ताप्लेजुङमा सङ्कलित स्वाब परीक्षणका लागि प्रदेश सरकारले धरान र विराटनगरमा स्थापना गरेको ल्याबसम्म स्वाब पु¥याउनुपर्ने बाध्यता हटेर जाने भएको छ ।

अहिले प्रदेश सरकारले स्थापना गरेको दुईवटा ल्याबमा प्रदेश नं १ का १४ जिल्लाको स्वाब परीक्षण हुँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप