शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सुजुकीको १५०० सीसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा सार्वजनिक

सोमबार, १२ साउन २०७७, १४ : २०
सोमबार, १२ साउन २०७७

काठमाडौं । नेपालका लागि सुजुकी ब्रान्डका कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले नेपाली बजारमा नयाँ पावरफुल र स्टाइलिस भिटारा ब्रेजा सार्वजनिक गरेको छ । 

स्पोर्टी र बोल्ड लुक्सबाट सज्जित सुजुकीको नयाँ कम्प्याक्ट एसयुभीमा प्रिमियम इन्टेरियरका साथै ‘फस्ट–इन–क्लास’ फिचरहरु रहेका छन् ।

१४६२ सीसीको ‘के–सिरिज’ बीएस६ पेट्रोल इन्जिन जडित भिटारा ब्रेजाले निश्चित रुपमा ग्राहकलाई सन्तुष्ट बनाउने अपेक्षा गरिएको छ । ५ स्पिड म्यानुअल ट्रान्समिसन रहेको नयाँ कम्प्याक्ट एसयुभी भीएक्सआई र जेडएक्सआई प्लस गरी दुई भेरियन्टमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

‘नेपाली ग्राहक कार छनोटमा कुनै सम्झौता गर्नुहुन्न । चार वर्षअघि सार्वजनिक गरिएको भिटारा ब्रेजा नेपालमै सबैभन्दा बढी बिक्री भएको एसयुभीमध्ये पर्छ । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी बोल्ड, स्पोर्टी र पावरफुल भएर आएको छ । हामीलाई विश्वास छ यो नयाँ एसयुभीले ग्राहकको मन जितेर अघिल्ला पुस्ताको भिटारा ब्रेजाको विरासतलाई अझ माथि पु¥याउनेछ,’ सीजी मोटोकर्पका कार्यकारी निर्देशक करण चौधरीले भने । 

सन् २०१६ मा सार्वजनिक भएको भिटार ब्रेजाले केही समयमै अटो बजारमा तहल्का मच्चाउँदै सबैभन्दा बढी अवार्ड हासिल गर्न सफल एसयुभी बनेको थियो । नयाँ भिटारा ब्रेजा पहिलेभन्दा बढी शक्तिशाली मात्र बनेको छैन यसमा सेग्मेन्टमै सबैभन्दा बढी र कसैसँग नभएको फिचरहरु छन् ।

नयाँ भिटार ब्रेजामा सेग्मेन्टमै पहिलो पटक डुअल च्याम्बर एलईडी प्रोजेक्टर हेडल्याम्प, अटो फोल्डिंग ओआरभीएम जस्ता फिचर छन् । साथै यसमा १७।७८ सेन्टिमिटरको टचस्क्रिन स्मार्ट प्ले स्टुडियो, अटो एसी, भ्वाइस कमान्ड, स्मार्ट की, एलईडी फगल्याम्प, अटो डिमिंग आईआरभीएम, रेन सेन्सिंग वाईपर, क्रुज कन्ट्रोल, डाईमन्ड–कट एलोई ह्विल रहेका छन् ।  

नयाँ भिटारा ब्रेजमा सेफ्टी प्याकेजलाई स्ट्यान्डार्डको रुपमा राखिएको छ । स्टेट अफ आर्ट टीईसीटी च्यासिस्, डुअल एअरब्याग, ईबीडीसहितको एबीएस, पेडेस्ट्रियन प्रोटेक्सन सिस्टम, रिभर्स सेन्सर, आईसो फिक्स चाइल्ड एन्करेज र फोर्स लिमिटर प्रिटेन्सनसहितको सिट बेल्ड पनि स्ट्यान्र्डको रुपमा राखिएको छ ।

सुजुकीको ब्रेजा दाङमा 

सुजुकीको १५०० सिसी पेट्रोल इन्जिनयुक्त नयाँ भिटारा ब्रेजा दाङको बजारमा समेत पुगेको छ । किअप राम्रोसहित सुविधायुक्त भएकाले यो कारमा आकर्षण रहेको स्वर्गद्वारी अटो डिष्ट्रिब्युटर्सका सञ्चालक संकल्प श्रेष्ठले जानकारी दिए । 

भर्खरै बजारमा आएको सो कारको लञ्च सञ्चालक श्रेष्ठका छोरीहरु साहिरा श्रेष्ठ र सुज्याना श्रेष्ठले संयुक्त रुपमा गरेका थिए । सुजुकीको नयाँ भिटारा ब्रेजासहित १६ औं मोडेल हो । अधिराज्यभर पहिलो ५० जना ग्राहकले यो कार ४१ लाख रुपैयाँमा पाउनेछन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप