शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मावली बस्दै आएकी किशोरी १५ दिनदेखि बेपत्ता

सोमबार, १२ साउन २०७७, १७ : ३२
सोमबार, १२ साउन २०७७

इलाम । माई नगरपालिकाकी एक किशोरी १५ दिनदेखि बेपत्ता भएकी छन् । झापाको विर्तामोडमा मामामाइजूसँग बस्दै आएकी १६ वर्षीया अनस्का राई नामकी बालिका बेपत्ता भएकी हुन् ।  गत असार २९ गतेबाट इलामको तीनघरे हिँडेकी बालिका बेपत्ता बनेकीले खोजी गरिदिन सबैतिर आग्रह गरिएको बालिकाका मामा दिलीप राईले जानकारी दिए । परिवारको सम्पर्कमा नआएपछि आफन्तको तिर पनि खोजी गरिएको र फेला पार्न नसकिएको राईले बताए । बालिका झापाको ब्राइट इङ्गलिस विद्यालयमा कक्षा १० मा अध्ययन गर्दै रहेकी थिइन् । 
    
क्यान्सर पीडितको उपचारार्थ सहयोग

फाकफोकथुम गाउँपालिका–७ एकतप्पा निवासी वीरबहादुर श्रेष्ठको  उपचारका लागि ‘एकतप्पा समाजसेवा झापा’ले रु ५० हजार प्रदान गर्ने भएको छ । लामो समयदेखि मुखमुनि (च्युँडो) मा घाउ भएर क्यान्सर भएका श्रेष्ठलाई नवगठित संस्था ‘एकतप्पा समाजसेवा झापा’ले प्रदान गर्ने भएको हो । 

केही दिनअघि श्रेष्ठको उपचारकै लागि फाकफोकथुमकै एक युवाले रु ५० हजारसमेत सङ्कलन गरेर प्रदान गरेका थिए । आर्थिक स्थिति कमजोर भएका श्रेष्ठको उपचारका लागि सबैलाई आर्थिक सहयोग गर्नसमेत आग्रह गरिएको छ । श्रेष्ठको उपचारकै लागि करीब रु १२ लाख आवश्यक पर्ने भएको तर आर्थिक स्थिति कमजोर हुँदा सङ्कलनकै भरमा रकम जम्मा गर्नुपर्ने बाध्यता रहेको दाहालले बताए ।

उपचारका लागि देश तथा विदेशमा रहेका नेपालीबाट रकम जुट्दै रहेकोसमेत दाहालले बताए । क्यान्सर पीडित श्रेष्ठको हाल पूर्वाञ्चल क्यान्सर अस्पतालमा उपचार भइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप