बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सजिलो मेड्सले अब दिनेछ घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा

सोमबार, १२ साउन २०७७, १८ : ००
सोमबार, १२ साउन २०७७

काठमाडौं । सजिलो मेड्सले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा सुचारु गर्ने भएको छ । अनलाइन फर्माले सबैको घरघरमा मूल उद्देश्य लिएर सजिलो मेडसले साउन १३ गतेबाट काठमाडौंमा आफ्नो कार्य संचालन गर्ने भएको छ ।

विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घरघरमा मेडिकल परामर्श, औषधि आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको छ ।

पहिलो चरणमा इमर्जेन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाडौं भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने उद्देश्य राखेको छ। 

यो सबै कार्य मैतिदेवी स्थित कार्यालयबाट अनलाइन सफ्टवोयरमार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कम्पनीका अध्यक्ष चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराईले बताए ।

वैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठिनाइलाई  हेरेर सेवा पुर्‍याउने लक्ष्यले पनि सजिलो मेड्सको अवधारणा ल्याइएको भट्टराईले बताए। 

विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाडौंको प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधि घरघरमा पुर्‍याउन सकिने प्रतिवद्धता कम्पनीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप