शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मुहान विवादका कारण तमोर खानेपानी आयोजनाको काम स्थगित

सोमबार, २६ भदौ २०७४, १६ : २८
सोमबार, २६ भदौ २०७४

तेह्रथुम । पाँचथरको कुम्मायक गाउँपालिकामा सञ्चालित तमोर लिफ्ट खानेपानी आयोजनाको काम स्थगित भएको छ । 

मुहान विवादका कारण सो आयोजनाको काम स्थगित भएको हो । यहाँका यासोक, रानीगाउँ र स्याबरुम्बाका १३ हजार ८४३ घरधुरीलाई लक्षित गर्दै २०७२ सालदेखि निर्माण थालिएको उक्त आयोजनाको निर्माण स्वामी नारायण जेभीले गर्दै आएको थियो । 

निर्माणस्थलको ठुटेबरदेखि तमोर नदीसम्मको मुहानको विषयलाई लिएर उक्त क्षेत्रका बासिन्दाले विरोध गर्दै आएका थिए । तत्कालीन समयमा डिभिजन कार्यालयले आर्थिक र प्राविधिक कारणले गर्दा लोरिपा दोभान उपयुक्त नभएको भन्दै उपभोक्ता समितिको सहमतिमा मुहान परिवर्तन गरेको थियो । आयोजनाको काम शुरु भइसकेपछि मुहान परिवर्तन गर्न नहुने समितिका अध्यक्ष नरबहादुर खड्का बताउँछन् । पुरानै स्थानबाट आयोजनाको काम शुरु गर्नुपर्ने खड्काको भनाइ छ । 

समितिका सचिव देवेन्द्रकुमार लावती प्राविधिकको सल्लाह र सुझावअनुसार नै काम गरिएको बताउँछन् । आयोजनाको मुहान परिवर्तन गर्दा आयोजना लम्बिने नभई चाँडो काम सकिने उनको भनाइ छ । आयोजनाको काम स्थगित हुँदा स्थानीयवासी चिन्तित बनेका छन् । रासस 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप