बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

सिलवाल पुनः राखेपको सदस्यसचिवमा नियुक्त, उपाध्यक्षमा कोइराला

सोमबार, १२ साउन २०७७, १९ : ५२
सोमबार, १२ साउन २०७७

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिवमा रमेश सिलवाल नियुक्त भएका छन् । पदमुक्त भएको झन्डै तीन सातापछि सिलवाल पुनः सदस्यसचिवमा नियुक्त भएका हुन् । 

सिलवाललाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले आगामी चार वर्षको लागि राखेप सदस्यसचिवमा नियुक्त गरेको मन्त्रिपरिषदमा सहभागि एक मन्त्रीले रातोपाटीलाई जानकारी दिए । 

आवेदन दिएका २७ जनामध्ये सिफारिस समितिले दिएको तीन जनाबाट निवर्तमान सदस्यसचिव सिलवाललाई पुनः राखेपको जिम्मेवारी दिइएको हो । 

त्यस्तै शिव कोइराला राखेपको उपाध्यक्षमा नियुक्त भएका छन् । कोइरालाले १३ औं दक्षिण एसियाली खेलकुद (साग) को प्रचार प्रसार विभाग संयोजकको जिम्मेवारी निर्वाह गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप