बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

चेपाङ बस्तीमा आगजनीः बोले वनमन्त्री बस्नेत

सोमबार, १२ साउन २०७७, २२ : ४७
सोमबार, १२ साउन २०७७

काठमाडौं । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले चितवनको माडी घटनाका विषयमा आफुले बोलेको विषयको केही अंशलाई लिएर केही सञ्चारमाध्याम र सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्दा आफु आश्चर्यचकित भएको प्रतिक्रिया दिएका छन् । सोमबार साँझ सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै मन्त्री बस्नेतले छानविनकै क्रमम रहेको सो घटनाका विषयमा आएका समाचार र प्रतिक्रियाले आफु आश्चर्यमा परेको बताएका हुन् ।

मन्त्री बस्नेतले कानुन तथा मानवअधिकार समितिमा भएको छलफलमा चेपाङ बस्तीमा काजिमान प्रजाको परिवार बस्ने घरभन्दा अलग्गै रहेको नजिकैको गोठमा आगजनी भएका र मै हेर्नका लागि बनाइएका अन्य केही व्यक्तिका मचानहरु समेत भत्काएको भन्ने प्रारम्भिक रिपोर्ट मन्त्रालयमा प्राप्त भएको स्पष्ट पारेका छन् ।

सोही रिपोर्टका आधारमा मन्त्रालयले तत्काल छानविन समिति बनाई फिल्डमा खटाइएको र समितिले ल्याउने रिपोर्टका आधारमा मन्त्रालयको समग्र धारणा समितिमा राख्ने कुरा गरिएको मन्त्री बस्नेतको भनाई छ । मन्त्री बस्नेतले भनेका छन्–‘हिजो छलफलको क्रममा घर र गोठको सन्दर्भमा मैले भनेको कुरा यो थियो कि ‘चेपाङ्ग बस्ति मा काजिमान प्रजाको परिवार बस्ने घरभन्दा अलग्गै रहेको नजिकै गोठमा आगजनि भएको र मकै हेर्नका लागि बनाएका अन्य केहि ब्यक्तिको मचानहरु समेत भत्काएको भन्ने प्रारम्भिक रिपोर्ट मन्त्रालयमा प्राप्त भएको छ।घट्ना एवं विषयको गंभिरता र संवेदनशिलतालाई ख्याल गरेर मन्त्रालयको तर्फबाट तत्काल छानविन समिति बनाई फिल्डमा खटाईएको र उहाहरुको रिपोर्ट आईसकेपछि मन्त्रालयको समग्र धारणा समितिमा राख्ने कुरा गरेको थिए।’

मन्त्री बस्नेतले आज मात्र समितिको टोली काठमाण्डौं फर्किएको र प्रतिवेदनलाई अन्तिम रुप दिने काममा लागिरहेको बताएका छन् । उनले अबको २–३ दिनभित्र समितिले प्रतिवेदन पेश गर्ने स्पष्ट पारेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप