शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पोखरा सस्तो बजारमा राखिएको सिलिण्डर बम निष्क्रिय

सोमबार, २६ भदौ २०७४, १६ : ४८
सोमबार, २६ भदौ २०७४

पोखरा । पोखरा– लेखनाथ महानगरपालिका– ९ पृथ्वीचोकस्थित पोखरा सस्तो बजारमा आज बिहान राखिएको सिलिण्डर बम नेपाली सेनाको टोलीले निष्क्रिय बनाएको छ । 

नेपाल वायु सेवा निगमको स्वामित्वमा रहेको सो जग्गामा अज्ञात व्यक्तिले सिलिण्डर बम राखेर गएको प्रहरीले खबर पाएपछि सेनाको टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए । 

निगमको सो जग्गामा सडक व्यापारीले व्यापार सञ्चालन गर्देै आएकामा केही महिनाअघि अर्को कम्पनीले बोलपत्र पारेपछि भत्काएर नयां व्यापारिक टहरा निर्माण शुरु गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप