शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस कार्यालयमा सुनील थापालगायतलाई पार्टी प्रवेश गराउन कार्यक्रम सुरु (तस्बिरहरु)

मङ्गलबार, १३ साउन २०७७, १६ : १५
मङ्गलबार, १३ साउन २०७७

काठमाडौं । राप्रपा परित्याग गरेका पूर्वमन्त्री सुनील थापालगायतलाई पार्टी प्रवेश गराउन कार्यक्रम सुरु भएको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा सुरु भएको पार्टी प्रवेश कार्यक्रममा काँग्रेस सभापति शेरबहादुर देउवासहितका शीर्ष नेताहरुको सहभागिता रहेको छ । यस्तै सुनील थापालगायतका पार्टी प्रवेश गर्न लागेका नेताहरु पनि पार्टी कार्यालय पुगिसकेका छन् । 

राप्रपाको कार्यशैली र कार्यदिशाप्रति असन्तुष्टि जनाउँदै थापालगायत काँग्रेस प्रवेश गर्न लागेका हुन् । काँग्रेससँग भएको सहमति अनुसार थापालाई सहमहामन्त्री बनाइने बताइएको छ । यस्तै अन्य ५ नेताले केन्द्रीय सदस्य पाउनेछन् । 

पार्टी प्रवेश गर्नेमा थापासहित रामकृण भट्टराई , विष्णुबिक्रम थापा, बाबुराम बस्नेत, गिरिजालाल यादव, दिलिप राई, राज्यलक्ष्मी श्रेष्ठ, चतुरमान विश्वक्रमा, रामपदारत शाहा, सुरेश बस्ने, प्रतिमा राणा श्रेत्री, टिकाजंग थापा, नरायणा राउत,  ईन्द्रबहनदुर तामाङलगायत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप