शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिम कंगनाको आक्रोश– सुशान्तको हत्याभन्दा आलियाको फोटोमा धेरै रियाक्सन आउँछ

मङ्गलबार, १३ साउन २०७७, १८ : ४५
मङ्गलबार, १३ साउन २०७७

एजेन्सी । सुशान्त सिंह राजपूतको मृत्युपछि नेपाटिज्म र बलिउडका भित्रिया तथा बाहिरियाको मुद्दालाई लिएर सामाजिक सञ्जालमा स्टार किड्स अर्थात् स्टार बाबुआमाका छोराछोरीलाई निशाना बनाइएको छ । यसैबीच मंगलबार आलिया भट्टले इन्स्टाग्राममा आफ्नो बाल्यकालको फोटो शेयर गरेकी छिन् । 

बलिउडका तमाम सेलीब्रेटीहरुले उनको यस फोटोमा ‘लभ’ रियाक्सन गरेका छन् । यद्यपि, कंगना रनोटको टिमलाई यो चित्त बुझेन । आक्रोश पोख्दै यसबारे पटक–पटक ट्वीट गरेर कंगनाको टिमले यसबारे आफ्नो प्रतिक्रिया दिएको छ  ‘आलिया भट्टको फोटोमा सुशान्तको हत्याभन्दा धेरै रियाक्सन आउँछ, वाह रे वाह इन्डस्ट्री,’ टिम कंगनाले गरेको ट्वीटमा उल्लेख छ । 

आलियाको फोटो देखेर सेलिब्रेटी दंग


आलियाले आफ्नो बाल्यकालको फोटो शेयर गर्दै लेखेकी छिन्, ‘थोरै प्यार फैलाउँछु ।’ यसपछि यस फोटोमा रणवीर सिंह, दीपिका पादुकोण, ऋतिक रोश, दिया मिर्जा, विपाशा बासु, जोया अख्तर, रिद्दिमा कपूर साहनी, अदिति राव हैदरी, सोनी राजदानलगायत सेलिब्रेटीहरुले प्रतिक्रिया दिर्दै आफ्नो प्रेम देखएका छन् । 

सुशान्तको फोटोमा लाइक किन आएन ?


आलियाको फोटोमा रियाक्सन देखेपछि कंगना भड्किइन् । टिम कंगनामार्फत लगातार ५ वटा ट्वीट आए ।  पहिलो ट्वीटमा सुशान्तको बाल्यकालको फोटो शेयर गर्दै लेखिएको छ, ‘सुशान्तकी बहिनीले यस फोटो पोस्ट गरेकी थिइन् । माफियासँग जोडिएका कुनै जोकरले यसमा लाइक गरेनन् या सुशान्तको क्युटनेशबारे कमेन्ट गरेनन्, किन ? के बच्चाका रुपमा उनी प्यारा छैनन ?’

आलिया मुर्ख फेल नन एक्टर 
टिम कंगना रनोतले यसपछि सुशान्तको बाल्यकालको फोटोसँग जोडेर आलियाको फोटो शेयर गर्दै ट्वीट गरेको छ,‘आउनुस् तय गरौं, को धेरै क्युट छ । मुर्ख १० औं फेल नन एक्टर आलिया या जिनियस फिजिक्स ओलम्पियाड विजेता, खासमा उत्कृष्ट अभिनेता सुशान्त ? के हामीलाई फिल्मका ए श्रेणीका मानिसबाट लाइक्स मिल्नेवाला छ ? हेर्छु ।’

तेस्रो ट्वीटमा टिम कंगनाले एक लेख शेयर गर्दै लेखेको छ, ‘फिल्मी मिडिया मुर्ख आलियको बाल्यकालको फोटो शेयर गरिरहेछ र सबै ए श्रेणीका व्यक्ति उनको क्युटनेसको तारिफ गरिरहेका छन्, के उसका अपराधी बाबु र बाहिरी मानिसप्रति उसको (आलियाको) असंवेदनशील दृष्टिकोणको दाग धुने यो पनि एक तरिका हो ?’

आफ्नो चौथो ट्वीटमा आलियालाई मुर्ख भनेको टिम कंगनाले पाँचौ ट्वीटमा सेलिब्रेटीहरुलाई कटाक्ष गर्दै लेखेको छ, ‘कति साधारण छ, बाहिरियाको रगत यहाँ, यस उद्योगमा कि आलिया भट्टको फोटोमा सुशान्तको हत्याभन्दा बढी रियाक्सन आउँछ, वाह रे वाह इन्ड्रस्टी ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप