शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ भ्रष्टाचारको अखडा बन्योः सांसद कुश्वाहा

मङ्गलबार, १३ साउन २०७७, २२ : २९
मङ्गलबार, १३ साउन २०७७

रौतहट । प्रदेश सांसद कुन्दन कुश्वाहाले प्रदेश २ मा भ्रष्टाचारको अखडा बनेको आरोप लगाएका छन । रौतहटको कटहरिया स्थित मंगलवार एक कार्यक्रमलाई सम्बोधन गर्र्दै प्रदेश सांसद कुश्वाहाले प्रदेश २ सरकार भ्रष्टाचारीको अखडा बनिसकेको टिप्पणी गरेका हुन् ।

मधेशवादी नेताहरुको नियतमा खोट भएकै कारण मधेशको विकास हुन नसकेको कुश्वाहाले बताए । प्रदेश २ मा वार्षिक ४० अर्ब रुपैयाको विकासको बजेट छ । जुन ८ वटा जिल्लामा भाग लगाँउदा प्रत्येक जिल्लाको हकमा ५ अर्ब रुपैया पर्छ ।

स्थानीय तहमा वार्षिक करोडको बजेट आउँदा कर्मचारीको तलव, सामाजिक सुरक्षाभत्ता, शिक्षा, स्वास्थ लगायत शीर्षकमा लगानी गर्नु पर्दछ । तर प्रदेशले अन्य कुनै क्षेत्रमा लगानी गर्नुपर्दैन  र त्यत्रो ठुलो रकमको अधिकांश हिसा मन्त्रीहरुले आफना नातागोता र कार्यकर्ता पाल्न दुरुपयोग गरिरहेको प्रदेश सांसद कुश्वाहाले आरोप लगाए । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप