रियल म्याड्रिडका खेलाडी कोरोना पोजेटिभ
रियल म्याड्रिडका स्ट्राइकर मारियानो कोभिड–१९ को परीक्षणमा पोजेटिभ पाइएको क्लबले मंगलबार जानकारी दिएको छ । क्लबले वक्तव्य जारी गर्दै २६ वर्षीय खलाडीको स्वास्थ्य अवस्था राम्रो रहेको र घरमा नै आइसोलेसनको नियम पालना गरिरहेको जानकारी दिएको हो ।
मारियानोले सन् २०२० मा रियलका लागि सबै प्रतियोगितामा ७ वटा खेलमा प्रतिनिधित्व गरेका छन् । गत मार्चमा बार्सिलोनालाई २–० ले पराजित गर्ने क्रममा उनले गोल गरेका थिए जसको मद्दतले रियलले लिग उपाधि जित्न सफल भएको थियो ।
रियलले आगामी अगस्त ७ मा च्याम्पियन्स लिगको अन्तिम १६ मा म्यान्चेस्टर सिटीको समना गर्दैछ । युरोपियन फुटबलको नियामक निकाय युइएफएले यसबारेमा क्लबसँगको सम्पर्कमा रहेको र स्थितिको मूल्यांकन गरिरहेको जनाएको छ । यसले पूर्वनिर्धारित खेलमा असर नपुर्याउने युइएफएले आशा व्यक्त गरेको छ ।
सिटीले पनि पछिल्लो अवस्थाबारे अध्ययन गरिरहेको जानकारी दिएको छ । गत फेब्रुअरीमा खेलिएको पहिलो लेगमा सिटीले रियललाई उसैको घरेलु मैदानमा २–१ गोलअन्तरले पराजित गरेको थियो । तर, दोस्रो लेगअघि नै कोरोनाभाइरसको महामारीका कारण प्रतियोगिता रोकिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा