शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सशस्त्र प्रहरीद्वारा २ करोड ४६ लाख मूल्य बराबरको तस्करीका मालसमान बरामद

बुधबार, १४ साउन २०७७, ०९ : २०
बुधबार, १४ साउन २०७७

परासी । सशस्त्र प्रहरीको टोलीले नवलपरासीबाट एक वर्षको अवधिमा झण्डै साढे २ करोड मूल्य बराबरको तस्करीका मालसमान बरामद गरेको छ । जिल्लाको विभिन्न नाकाहरुबाट अवैध रुपमा भैरहेको चोरी तस्करीका २ करोड ४६ लाख मूल्य बराबरको विभिन्न सर–सामान बरामद गरी महेशपुर भन्सार कार्यालयलाई बुझाइएको छ ।

सशस्त्र प्रहरी बल नं. २६ गण मातहतका विओपीहरुको सहयोगबाट जिल्लाकोे विभिन्न नाकाकाहरुबाट सो मूल्यको समान बरामद गरी आवश्यक कार्वाहीको लागि भन्सारलाई बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाले जानकारी दिए । 
स्थानीय तस्करहरुले भन्सार छली अवैध रुपमा निकासी पैठारी गरेको लत्ताकपडा, भाँडाकुँडा, खाद्यान्न, मटर, छोहडा, हार्डवयेर÷ईलेक्ट्रोनिक्स, खशीबोका लगायतका सामाग्रीहरु बरामद भएको उनले बताए । 
यसैबीच मंगलबार सशस्त्र प्रहरीले जिल्लाको प्रतापपुर गाउँपालिका ५ बसहियाबाट ९८ हजार मुल्य बराबरको हरियो मटर बरामद गरेको छ । नेपालबाट अवैध रुपमा भारत भित्र्याउने क्रममा गस्तीमा खटिएको प्रहरी टोलीले उक्त मटर बरामद गरि आवश्यक कार्वाहीको लागि महेशपुर भन्सार कार्यालय पठाएको जनाइएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप