केन्द्रीय संस्करण

‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तक प्रकाशित

person explore access_timeसाउन १४, २०७७ chat_bubble_outline0

काठमाडौं । कलाकार तथा कला लेखक नवीन्द्रमान राजभण्डारीले ‘पाश्चात्य कला संक्षिप्त इतिहास’ पुस्तकको दोस्रो भाग ल्याएका छन् ।
विश्वकला इतिहासलाई सरल रुपमा लेखिएको यस पुस्तकलाई  सिर्जना कलेज अफ फाइन आर्टस्ले प्रकाशन गरेको हो । पुस्तकमा विश्वकला जगतमा देखापरेका कलाका विविध शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ ।
राजभण्डारीकै यसअघि प्रकाशनमा आएको पुस्तकको पहिलो भागमा पाषाण युगदेखि सोह्रौं शताब्दीसम्मको पाश्चात्य कलाको चिरफार गरिएको थियो । दोस्रो भागमा सत्रौं शताब्दीदेखि २१औं शताब्दीसम्म विश्वमा चलेका कलाका विभिन्न शैली, आन्दोलन र कलाकारका बारेमा चर्चा गरिएको छ । 

पुस्तकमा सत्रौं शताब्दीपछि युरोपमा चलेका कलाका विविध आन्दोलन र तिनले ल्याएको परिवर्तनलाई समेत चित्रण गरिएको छ । युरोपमा सत्रौं शताब्दीमा विकास भएको बरोक कला शैली, कलाकृति र कलाकारको चिन्तन, परिवेश तथा त्यसको प्रभावको विषयलाई समेत पुस्तकमा समावेश गरिएको छ । त्यस्तै, अठारौं शताब्दीको रोकोको, नवशास्त्रीयवाद, स्वच्छन्दवादमा विकास भएका कला र तिनका चिन्तन र परिवेशलाई पुस्तकमा सरल ढंगले चित्रण गरिएको छ ।
१९औं शताब्दीमा विकास भएको नवशास्त्रीयवाद, स्वच्छन्दवाद, यथार्थवाद, प्रभाववाद तथा आधुनिक कलाको आरम्भ लगायतका विषयले विश्वकला जगतमा भएका विविध आन्दोलन, शैली र तिनका प्रवृत्तिलाई बुझ्न पुस्तक निकै उपयोगी छ । त्यसैगरी २० शताब्दीमा विकास भएको कलाको अवस्था, परिवेश र सामाजिक जीवनलाई समेत पुस्तकमा उतारिएको छ । 

विश्वकलाको इतिहासलाई सहज ढंगले पुस्तकमा समेटेको लेखक राजभण्डारीले बताए । ‘पुस्तकको पहिलो भागमा पाषाणयुगीन गुफा कलादेखि सोह्रौँ शताब्दीसम्मको पाश्चात्य कलाको इतिहास समेटिएको थियो । यसमा  सत्रौँ शताब्दीको बरोक कलादेखि बिसौँ शताब्दीको उत्तराद्र्धसम्म देखापरेका उल्लेखनीय कला आन्दोलन, विधा, शैली तथा प्रतिनिधि कलाकारहरूबारे संक्षेपमा जानकारी जुटाउने प्रयास गरिएको छ’ राजभण्डारीले थपे ।
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.