शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ह्याम्स अस्पतालमा कोरोनाभाइरसको स:शुल्क परीक्षण सुरु

बुधबार, १४ साउन २०७७, ११ : ३८
बुधबार, १४ साउन २०७७

काठमाडौंको धुम्वाराहीस्थित हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी प्रा.लि.(ह्याम्स अस्पताल)ले कोरोनाभाइरस (कोभिड–१९) को स:शुल्क परीक्षण शुरु गरेको छ । 
 हालसम्म पिसिआरको रिर्पोट आउन ३/४ दिन लाग्ने बाध्यताबाट मुक्त हुँदै अस्पतालमा आरटी पिसिआर परीक्षण शुरु भएपश्चात शल्यक्रिया गर्नुपर्ने, अन्य उपचारका प्रविधिहरु अपनाउनु पर्ने तथा आईसोलेसनमा राखेर उपचार गर्नुपर्ने बिरामीहरुलाई प्रत्यक्ष फाइदा पुग्ने अस्पतालले विश्वास लिएको छ । 

साथै वैदेशिक रोजगारीमा जाने व्यक्तिहरु, कुटनीतिक नियोगका कर्मचारीहरु, अन्य अस्पतालका बिरामीहरुले समेत सो अस्पतालमा आरटी पिसिआर परीक्षण सशुल्क गराउन पाउने छन् । 

नेपाल सरकारद्वारा तोकिएको शुल्क पाँच हजार पाँच सयमा कोभिड–१९ आरटी पिसिआर परीक्षण गरिने पनि अस्पतालले जनाएको छ । 
अस्पतालले सुरक्षाका सम्पूर्ण सावधानी अपनाउँदै कोभिड–१९ को विश्वव्यापी महामारीको विषम परिस्थितीमा समेत नियमित रुपमा गुणस्तरीय सेवा संचालन गरिरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप