तिला नदीमा र्याफ्टिङ शुरु
जुम्लाको तिला नदीमा पर्यटन व्यवसायका लागि र्याफ्टिङ शुरु भएको छ । गो कर्णाली ट्राभल्स एण्ड टूरले सो र्याफ्टिङ सञ्चालनमा ल्याएको हो ।
साहसिक मानिएको र्याफ्टिङ तिला नदीको चन्दननाथ नगरपालिकाको दानसाँघुबाट तातोपानी गाउँपालिकाको राकाँसम्म सञ्चालन भएको छ । ट्राभल्सका सञ्चालक ललितजङ्ग महतका अनुसार साउन महिनामा र्याफ्टिङ निकै प्रभावकारी भएको छ । तिला नदी भौगोलिकरूपमा निकै उत्तम भएको र पानीको गति राम्रो मानिएको छ । “शुरुमा चार–पाँच पटक परीक्षण सञ्चालन गरियो । त्यसपछि व्यावसायिकरूपमा अगाडि बढाइएको छ”, सञ्चालक महतले भने । यस व्यवसायलाई कर्णाली प्रदेश सरकारले समेत सहयोग तथा समन्वय गरेको उनको भनाइ छ ।
साहसिक यात्रा गर्ने पर्यटकका लागि रैथाने खाना र नास्ताको व्यवस्थासमेत गरिएको सञ्चालक महतले बताए । र्याफ्टिङबाट तातोपानी धारामा नुहाउनदेखि मार्सी चामलको भात र तिलामा पाउने असला माछासमेत खान पाइने गो कर्णाली ट्राभल्स एण्ड टूरले जनाएको छ । सोह्र किलोमिटर यात्राका लागि र्याफ्टिङ गर्न प्रतिव्यक्ति रु दुई हजार शुल्क निर्धारण गरिएको छ । अहिले शुरुआती चरणमा सो व्यवस्थाका लागि रु २४ लाख बजेट खर्च भएको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते
-
१० बजे, १० समाचार
-
अमेरिकी राष्ट्रपतिद्वारा युक्रेनलाई नयाँ सहायता प्रदान गर्ने विधेयकमा हस्ताक्षर
-
ऊर्जा क्षेत्रमा महिला लगानीकर्तालाई आकर्षित गर्नुपर्छ : मन्त्री चौधरी