शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सेयर बजारमा २३ अंकको गिरावट,  १ अर्ब ६८ करोडको कारोबार

बुधबार, १४ साउन २०७७, १५ : ५७
बुधबार, १४ साउन २०७७

सेयर बजारमा आज २३.३६ अंकको गिरावट आएको छ । यद्यपि, कारोबार भने १ अर्ब ६८ करोड ७० लाख रुपैयाँको कारोबार भएको छ । समग्रमा बजार १.६१ प्रतिशतले घटेको हो । बुधबार १८७ कम्पनी कारोबारमा आएका थिए  । ३८ लाख ३९ हजार ६७१ कित्ता सेयर कारोबार भएको छ । सबै समूहमा गिरावट आएको छ ।

 सबैभन्दा बढी जिव बिमा कम्पनी १९०.८२ अंकले घटेको छ ।  निर्जिवन बिमा कम्पनी १५९.८७ अंकले घटेको छ । होटल समुह ५९.५ अंकले घटेको छ । कारोबार रकममा नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा बढी छ । यसको १५ करोड ७१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यसैगरी, नेपाल लाइफ इन्सुरेन्स, एनआइसी एसिया बैंक पनि बढी कारोबार हुनेमा पर्दछन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप