शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनिल थापा काँग्रेस प्रवेश गर्दा किचलो, देउवाविरुद्ध खनियो पौडेल पक्ष

बुधबार, १४ साउन २०७७, १९ : ३९
बुधबार, १४ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति पार्टी सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ । काँग्रेस पार्टी कार्यालय सानेपामा बुधबार दिउँसो बसेको केन्द्रीय सदस्यको भेलाले महाधिवेशनको निश्पक्षतामाथि प्रश्न उठ्ने गरी निर्णय भइरहको भन्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र बुझाउने निणर्य गरेको छ ।

पौडेल पक्षका शीर्ष नेतासहति काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्य सहभागी रहेको बैठकले पार्टीमा मनोमानी ढंगले पद बाढ्ने गरिएको जिकिर गरेको छ । बैठकमा बरष्ठि नेता पौडेलका साथै महामन्त्री सशांक कोइराला तथा नेताहरु अर्जुननरसिंह केसी, रामशरण महत, शेखर कोइराला, मीनेन्द्र रजिाल, दिलेन्द्र बडु, करिण यादव, सरिता प्रसाई, चन्द्र भण्डारी लगायत उपस्थित थिए । तर पौडेल पक्षकै नेता प्रकाशमान सिंह भने उक्त बैठकमा सहभागी भएका थिएनन् ।

केन्द्रीय सदस्य नविन्द्रराज जोशीका अनुसार वभिागमा भइरहेका मनोनययन, राप्रपाबाट काँग्रेस प्रवेश गर्नेहरुलाई सहमहामन्त्रीसहित ७ केन्द्रीय सदस्य दिने निणर्य , विदेशस्थति जनसम्पर्क समितिमा गर्न खोजएिको फेरबदल लगायतका विषयमा छलफल भएको थियो । 

राप्रपा परित्याग गरेका सुनिल थापालाई सहमहामन्त्री र अन्य सात जना नेताहरुलाई केन्द्रीय सदस्य दिने समझदारीको आधारमा उनीहरुलाई मंगलबार पार्टी प्रवेश गराइएको विषयमा पनि पौडेल पक्षले विरोध जनाएको छ । काँग्रेसद्वारा गठित अन्तरपार्टी समायोजन समितिका संयोजक विमलेन्द्र निधिले पद बाँडफाँटपछि केन्द्रीय कार्यसमितिकै बैठकमा पेस गर्ने छन् । त्यसलाई केन्द्रीय समितिले अनुमोदन गर्ने छ ।

 केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशनको स्वतः मतदाता सुनिल थापाको समूहको प्रवेशबाट देउवा पक्षलाई ५०/६० मतको लाभ हुने पौडेल पक्षले आकलन गरेको छ । यस्तै सुनिल थापा काँग्रेसमा प्रवेश गरेसँगै यसले प्रदेश १ मा काँग्रेसभित्रको शक्ति सन्तुलनमा पनि प्रभाव पर्ने देखिन्छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्यले  भने, ‘राप्रपामा सहज महसुस नभएपछि सुनिल थापा काँग्रेसमा प्रवेशका लागि कुरिरहेका थिए । यता काँग्रेसलाई पनि धनकुटामा आजसम्म कुनै निर्वाचन जित्न नसकेकाले सूर्यबहादुर थापाको लिगेसीले जितिन्छ भन्ने लागेको देखिन्छ ।’

आचार्यले सुनिलको प्रवेशलाई काँग्रेसको १४ औँ महाधिवेशनका लागि देउवाको चुनावी अभियानसँग जोडेरसमेत ब्याख्या गरेका छन् । उनले भने, ‘काँग्रेसको १४ औं महाधिवेशन अगाडि सुनिल थापालगायतलाई ल्याएर शेरबहादुरजीले आफ्नो चुनावी अभियानलाई सशक्त पार्दै हुनुहुन्छ । किनभने प्रदेशगत रुपमा हेर्दा १ नम्बर प्रदेशमा उहाँको स्थिति कमजोर थियो । भावी महाधिवेशनलाई केन्द्रमा राखेर सहमहामन्त्री र पाँच जना केन्द्रीय सदस्य दिने, मोरङ, सुनसरीलगायतका क्षेत्रमा क्रियाशील सदस्यको नयाँ ड्राप्ट गर्ने काम हुन्छ । यो महाधिवेशन हुनेभन्दा ६ महिना अघि नै भएको छ ।’

प्रदेश १ मा देउवा विरोधी खेमामा कृष्णप्रसाद सिटौला, शेखर कोइराला, मिनेन्द्र रिजाल, महेश आचार्य लगायतको बर्चस्व छ । थापाको काँग्रेस प्रवेशबारे विमति प्रकट गर्नेमा पनि मिनेन्द्र रिजाल, शेखर कोइराला अग्रपंतिमा देखिएका छन् । यस्तै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले राप्रपा नेताहरुलाई पार्टी प्रवेश गराउँदा मनोनमानी पद बाँडेको भन्दै असन्तुष्ट देखिएको छ ।

मंगलबारको पार्टी प्रवेश कार्यक्रममा सिटौला पक्षका नेता उपस्थित थिएनन् ।  देउवाले पनि पछिल्लो समय प्रदेश १ मा आफूलाई बलियो बनाउँदै लगेका छन् । ०७४ असोजमा विजय गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक पार्टी काँग्रेसमा विलय भएपछि देउवाले प्रदेश १ मा केही शक्ति आर्जन गरेका थिए । यतिबेला सुनिल थापालाई भित्र्याएर उनले थप शक्ति आर्जन गरेको देखिन्छ ।

झापाका विश्वप्रकाश शर्मालाई प्रवक्ता बनाएका देउवाले प्रदेश १ मा आफूलाई बलियो बनाउन नेविसंघ अध्यक्षमा पनि सुनसरीका राजीव ढुंगानालाई ल्याएको एकथरीको बुझाइ छ । यतिबेला काँग्रेसमा आउँदा आफू पनि सुरक्षित हुने र देउवालाई ठूलो सहयोग हुने बुझाइका साथ सुनिलले पार्टी प्रवेश गरेको आचार्यको भनाइ छ ।

 


महाधिवेशनको कार्यतालकिा सार्वजनकि भइसकेपछि नयाँ विभाग गठन गरिएको तथा पार्टीमा नयाँ प्रवेश गरेकालाई दिइएको पदबारे छलफल नगरिएकोमा पनि पौडेल पक्षले विरोध जनाएको छ । 

यस्तै पौडेल पक्षले क्रियाशील सदस्यताको वतिरणमा व्यापक चलखेल गर्न जोखिएको आशंका व्यत गरेको छ । सभापतिलाई भेटेरै  लिखित रुपमै महाधिवेशनको निश्पक्षताका लागि ध्यानाकर्षण गराउने विषयमा छलफल भएको जोशीले बताए ।

सभापति देउवाले कार्यकालको ६ महिनाभत्रि गठन गर्नुपर्ने पार्टीका केन्द्रीय विभागहरु महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेपछि गठन गरेका थिए । देउवाले पौडेल पक्षको विरोधको बाबजुद २०विभागका संयोजक तोक्ने र अहिले ती विभागहरुमा सदस्यहरु मनोनयनको कार्य धमाधम अगाडि बढाएका छन् ।

साउन २ गते आचारसंहिताको व्यावहारिक अभ्यास र पार्टी विधानको परिच्छेद–१२ को दफा ६० को प्रावधानमा टेकेर पौडेल पक्षले देउवाका पछिल्ला सबै निर्णय खारेजीको माग राखी पार्टीको निर्वाचन समितिमा उजुरी दिएका थिए । 

उजुरीको सुनाइ नभएपछि पौडेल पक्षले आफू निकट केन्द्रीय सदस्य छलफल गरी सभापति देउवालाई भेटेरै दबाब दिने नीति लिएको छ । यतिबेला विभाग गठन गर्न खोज्नुको अर्थ महाधिवेशनलाई प्रभावित पार्ने योजनाभएको पौडेल पक्षको आरोप छ । यस विषयमा विहीबार देउवालाई ध्यानाकर्षण पत्र बुझाउने बताइएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप