शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

बिहीबार, १५ साउन २०७७, १० : ३०
बिहीबार, १५ साउन २०७७

काठमाडौं – झापा भद्रपुर नगरपालिका–४ मन्त्रीचोकबाट लागूऔषधसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा झापा भद्रपुर नगरपालिका–३ धिमालधुरा बस्ने २६ वर्षीय अजय थापा मगर  र सोही मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय रोशन माझी रहेका छन् । 

लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो १ः०० बजे प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । 

प्रहरी टोलीले शंकास्पद अवस्थामा सडकको किनारमा रोकी राखेको प्र.१.०१.०१२ प ६९२१ नम्बरको सुन्तला रङको केटीएम ड्युक मोटरसाइकललाई नियन्त्रणमा लिई लागूऔषध नियन्त्रणमा लिएको थियो ।

प्रहरीका अनुसार मोटरसाइकलमा सवार व्यक्तिको झोला खानतलासी गर्दा NITROSUN- 10   लेखिएको कागजको ४ बट्टाभित्र रहेको ५ वटा पत्ताका दरले हरेक एक पत्तामा रहेको २० वटा चक्की (ट्याब्लेट गरी ४०० वटा चक्की र  CODEINE ESKUF 100 ML लेखिएको ५० बोतल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिएका छन् । 
 
जिल्ला प्रहरी कार्यालय झापाले यस घटनामा थप अनुसन्धान भइरहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप