शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ९९ हजार पुग्यो

बिहीबार, १५ साउन २०७७, ११ : ३५
बिहीबार, १५ साउन २०७७

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तोलामा ९९ हजार रुपैयाँ पुगेको छ । निरन्तर बढ्दो क्रममा रहेको सुनको मूल्य बिहीबार ९९ हजार पुग्दै नयाँ रेकर्ड कायम भएको हो । 

अघिल्लो दिन बुधबार छापावाल सुनको मूल्य ९८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै तेजावी सुन बिहीबार ९८ हजार ५६० रुपैयाँमा कारोबार भएको छ । 

यस्तै बिहीबार चाँदी १२२५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप