शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रिति आलेको स्वरमा ‘डिस्टर्व नगर’ सार्वजनिक

बिहीबार, १५ साउन २०७७, १४ : ३२
बिहीबार, १५ साउन २०७७

काठमाडौँ । गायिका प्रिति आलेको स्वर रहेको ‘हामी नाच्ने हो गाउने हो डिस्टर्व नगर’ बोलको तिज गीत बिहीबार सार्वजनिक भएको छ । 

राजबहादुर सानेको शब्द–संगीत र लय रहेको गीतको भिडियोलाई कृष्ण परियारले निर्देशन गरेका छन् । गीतमा कोरियोग्राफी बाबु जिम्बाको छ । 

किम्भे प्रडक्सन युट्युब च्यानलमार्फत सार्वजनिक भएको भिडियोमा गायिका प्रिति आलेसँगै रिया श्रेष्ठ, कसिस दाहाल, सबिता आले,  विमला गुरुङ, ज्याक गुरुङ, शिशिर राणा, दीपकजंग शाहीलगायतको अभिनय छ ।

यस भिडियोलाई युयुस ढकालले छायांकन गरेका छन् । भिडियोको सह–निर्माता प्रकाश हमाल, निर्माता सौर्यल थापा र निर्माण किम्भे प्रोडक्सनले गरेको हो । 

नेपालीहरुको मौलिक र महान् चाड तिजकै अस्तित्व धरापमा पर्नेगरी छाडा संस्कृति मौलाइरहेका बेला यस गीत र भिडियो नेपाली परम्परालाई प्रवद्र्धन गर्नेगरी छायाँकन गरिएको निर्माण पक्षले जनाएको छ । 

यसको सुटिङ पर्यटकीय नगरी सालिनदीमा गरिएको छ । गीतले दर्शलाई भरपुर मनोरञ्जन र मौलिकता जर्गेना गर्न सन्देश समेत दिने निर्माण पक्षले जानकारी दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप