शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सेलपे सेवाको वार्षिकोत्सव अफर, ५० प्रतिशतसम्म क्यास ब्याक

बिहीबार, १५ साउन २०७७, १४ : ४४
बिहीबार, १५ साउन २०७७

काठमाडौं । सेलकमको सेलपे सेवाले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवाद स्वरुप आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन वार्षिकोत्सव अफर लिएर आएको छ ।

यस अफरअन्तर्गत ग्राहकहरुले साउन १६का दिन सेलपेबाट पहिला ेमर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिक्तम रु. १००० सम्म) क्यास ब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न सकिन्छ ।

यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्ड भित्र रु.१ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको सेलपेले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप