शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीमा बेपत्ता भएका एक जनाको शव फेला

बिहीबार, १५ साउन २०७७, २० : ५३
बिहीबार, १५ साउन २०७७

कैलाली । दुई दिनदेखि परेको अबिरल वर्षका कारण कैलालीको भजनी नगरपालिकामा बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । 
 बाढीमा बगेर  तीन जना बेपत्ता  मध्ये एक जनाको शव आज फेला पारेको हो । वर्षासँगै आएको बाढीका कारण भजनी नगरपालीका ८ जनकपुर गाउका ९ बर्षीया ईजीकेल चौधरी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले रातोपाटीलाई जानकारी दिए । 

त्यसैगरी वडा नं ८ बस्ने वर्ष ३३ को चक्र बहादुर विक, काँडाढिक गाउँका ४० बर्षका ईश्वर शाहा अझै अज्ञात रहेको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक अनुपम शमशेर जबराले अन्ये बेपत्ताको खोजी कार्य भइरहेको बताए ।

उनले बेपत्ता भएका टंक शाही, हेमन्त शाही,विकी शाह, बलबहादुर चौधरीको सकुशल उद्धार गर्न सफल भइएको पनि  जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप