शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

कैलालीमा फरार अभियुक्त ९ वर्षपछि पक्राउ

बिहीबार, १५ साउन २०७७, २२ : ४९
बिहीबार, १५ साउन २०७७

कैलाली । जबरजस्ती करणी मुद्दाका फरार अभियुक्तलाई ९ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार विस्रे चौधरीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो । २०६७ कार्तिक ४ गते कैलालीको भजनी नगरपालिका ९ बस्ने वर्ष ३४ का चौधरीले २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरी फरार रहेका थिए ।

कैलाली जिल्ला अदालतको २०७१ वैशाख १७ गतेको आदेशले उनलाई ६ वर्ष कैदको सजाय तोकेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवतmा एवम् प्रहरी नायव उपरीक्षक प्रतिक विष्टले रातोपाटीलाई जानकारी दिए ।  उनलाई साउन १२ गते प्रहरीले पक्राउ गरी १४ गते पुपक्र्षका लागी कारागार चलान गरिएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप