केन्द्रीय संस्करण

माइक्रोसफ्टले ल्यायो परिवार सुरक्षा एप

person explore access_timeसाउन १५, २०७७ chat_bubble_outline0

एजेन्सी । प्राविधिक क्षेत्रमा अग्रणी संस्था मानिने माइक्रोसफ्टले परिवार सुरक्षा एप ल्याएको छ ।  नयाँ एपले परिवारका सदस्यहरुको विद्युतीय र शारीरिक सुरक्षा प्रदान गर्न सहयोग गर्ने अधिकारीले जनाएका छन् । 

यस एपले विद्युतीय सामग्री प्रयोगकर्तालाई विद्युतीय सामग्रीको स्त्रिन हेर्न नियन्त्रण गर्ने, स्क्रिनबाट बालबालिकाको स्वास्थ्य जोगाउनेलगायतमा पनि सहयोग गर्ने जनाइएको छ । 

यो एप आइओएस र एड्रोएडमा प्रयोग गर्न सकिने कम्पनीका अधिकारीहरुले सामाजिक सञ्जाल ट्वीटरमार्फत् जनाएका छन् ।  बालबालिकाहरुलाई कस्ता वेभसाईड हेर्न दिने र कस्ता वेभसाईड हेर्न नदिने भनेर नियन्त्रण गर्न सकिने व्यवस्था पनि यस एपमा गरिएको छ । 

नयाँ एपका प्रयोगकर्ताहरुलाई विद्युतीय सामग्रीहरुलाई बालमैत्री बनाउने, हानी न्युनिकरण गर्ने, स्वास्थ्यलाई फाइदा गराउने, बानीमा सुधार ल्याउनेलगायतका फाइदा हुने कम्पनीले जनाएको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.