बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

सात वर्ष सम्बन्धमा रहेकी पूर्व प्रेमिका अंकिताले गरिन् सुशान्तबारे यस्ता खुलासा

शुक्रबार, १६ साउन २०७७, ०८ : ५५
शुक्रबार, १६ साउन २०७७

सुशान्त सिंह राजपूतसँग ७ वर्षसम्म सम्बन्धमा रहेकी अंकिता लोखंडेले सुशान्तको मृत्युबारे मौनता तोडेकी छिन् । घटनाको ४६ दिनपछि अंकिताले आखिर सुशान्तमाथि के भएको थियो भनेर जान्न चाहेको बताएकी छिन् । अंकिताले सुशान्तलाई जति चिनेकी छिन् त्यसअनुसार उनी निराश व्यक्ति नभएको दाबी गरेकी छिन् ।

अंकिताले यो कुरा बिहिबार एक भारतीय न्यूज च्यानलमा भनेकी छिन् । उनले भनिन्, ‘मैले त्यस्तो व्यक्ति देखेकै छैन जसले आफ्नो सपना आफै लेख्छ, जोसँग आफू कस्तो देखिने, के गर्न चाहने भनेर पाँच वर्षको योजना हुन्छ । र साँच्चै नै ५ वर्षपछि उनले यी सब कुरा हाँसिलसमेत गरेका थिए ।’

‘सुशान्त डिप्रेशनमा भएको बताउँदा मन दुखेको छ’

अंकिताले भनिन्, ‘सुशान्त आत्महत्या गर्ने व्यक्ति थिएनन् । हामी सँगै हुँदा धेरै पटक खराब स्थितीको सामना गरेका थियौं । ऊ प्रफुल्लित र भाग्यमानी थियो । मैले उजस्तो केटा देखेको छैन । उसँग एउटा डायरी थियो, जसमा उसको पाँच वर्षको सपना लेखिएको थियो, जसलाई उसले पूरा पनि गर्यो । उसलाई डिप्रेशनको रोगी भनिएको छ, यसले मन दुखाएको छ ।’

सुशान्तलाई याद गर्दै अंकिताले भनिन्, ‘ऊ दुःखी हुनसक्छ, उदास हुनसक्छ तर डिप्रेशन निकै ठूलो कुरा हो । कसैलाई बाई–पोलार भन्नु निकै ठूलो कुरा हो । जुन सुशान्तलाई म चिन्दछु, कुनै शंका बिना भन्न सक्छु कि ऊ डिप्रेस्ड थिएन । ऊ सानो शहरबाट आएको थियो । उसले आफूले आफैंलाई बनायो । उसले मलाई धेरै कुरा सिकायो । मलाई अभिनय सिकायो । सुशान्त को हो र कस्तो थियो भनेर कसलाई थाहा छ र ?’

‘७ वर्ष मसँग बिताए, त्यो सुन्दर समय थियो’

पवित्र रिश्तामा सुशान्तकी को–स्टार अंकिताले भनिन्, ‘ऊ स–सानो कुरामा खुसी हुन्थ्यो । ऊ खेती गर्न चाहन्थ्यो । उसले मलाई भनेको थियो कि यदि केही नभए पनि उनले सर्ट फिल्म बनाउनेछ । ऊ तनावमा थिएन । मलाई थाहा छैन स्थिती कस्तो थियो ।’

‘म चाहन्नँ कि मानिसहरुले उसलाई डिप्रेस्ड व्यक्तिको रुपमा याद गरुन् । ऊ एक हिरो थियो, ऊ एउटा प्रेरणा थियो । क्षमतावान् थियो । आफ्ना प्रशंसकलाई पनि प्रेम गर्दथ्यो । उसले मसँग आफ्नो ७ वर्ष बिताएको थियो । त्यो निकै सुन्दर समय थियो ।’

‘एउटा ब्रेकका लागि ३ वर्षका लागि प्रतिक्षा गरे, यस्तो धैर्य कोहीसँग छैन’

उनी थप्छिन्, ‘उसले कति मिहिनेत गरेको छ, मैले देखेकी छु । उसले थिएटर गर्यो, सिरियल गर्यो । जब उसले टिभी छोड्यो, तब ऊ शीर्ष स्थानमा नै थियो । तर, ऊ केही ठूलो गर्न चाहन्थ्यो । उसले फिल्ममा काम गर्यो । ऊ एक सृजनशील व्यक्ति थियो । उसले एउटा ब्रेकका लागि तीन वर्ष प्रतिक्षा गर्यो । ऊ घरमा नै बसिरह्यो । सबैसँग यस्तो धैर्य हुँदैन, तर उसँग थियो ।’

‘सबै समाप्त भएपनि साम्राज्य खडा गर्छु भन्थ्यो’

सुशान्तको इच्छाशक्तिबारे अंकिताले भनिन्, ‘इच्छाशक्ति उसको सबैभन्दा ठूलो हतियार थियो । उसले मलाई भन्थ्यो कि ‘सबैकुरा समाप्त भएपनि आफ्नो साम्राज्य खडा गर्नेछु । यदि मैले केही पाइनँ भनेपछि म केही न केही पक्कै गर्नेछु ।’ पैसा उसको लागि कुनै एजेन्डा थिएन । उसको क्रिएटिभिटी, फिल्मका लागि उसको क्रेज, जीवनका लागि दृष्टिकोण नै सबैकुरा थियो । उसले जे जति गर्यो, असाध्यै लगनशीलताका साथ गर्यो ।’

ब्याकग्राउन्ड डान्सरबाट सुरु भएको यात्रा दिल बेचारमा समाप्तः

अंकिताले सुशान्तको यात्राबारे भनिन्, ‘ऊ श्यामक डावरको ग्रपमा ब्याकग्राउन्ड डान्सर थियो । त्यहाँबाट सुरु भएको उसको यात्रा दिल बेचारामा समाप्त भयो । उसले सधैंजस्तो भन्थ्यो कि सफलता र असफलताबीच एउटा लाइन छ । त्यो लाइन जसलाई धोनीले पछ्याउँछन् । धोनीलाई राम्रो र खराब दुबै स्थितीले प्रभावित गर्दैन । सुशान्त त्यस्तै हुन चाहन्थे । असाध्यै सन्तुलित थिए र उनले यो पछ्याए पनि ।’

‘स–सानो कुराले खुसी मिल्छ भन्नेमा विश्वास थियो, बच्चाहरुलाई ताराबारे कुरा गर्दथे’

अंकिताले भनिन्, ‘उसलाई फेम वा डाउनफलले प्रभावित गर्दैनथ्यो । यदि यस्तो भइहाले पनि ऊ यसबाट फिर्ता हुुनुपर्छ भन्नेमा विश्वास राख्थ्यो । उसले स–साना कुराबाट खुसी पाइन्छ भन्थ्यो । उसले बच्चाहरुसँग ताराबारे कुरा गर्दथ्यो । यो उसको वास्तविक खुसी थियो । ऊ पैसाका लागि मर्न सक्दैन । म यो मान्नै सक्दिनँ ।’

ऊ लालमोहन र चकलेटले खुसी हुने बच्चाजस्तै थियोः

सुशान्तलाई याद गर्दै भावुक भएकी अंकिताले भनिन्, ‘दुःखको कुरा यो हो कि उसको विषयमा मानिसहरु आ–आफ्नो कहानी बनाइरहेका छन् । के उनीहरुलाई थाहा छ, सुशान्त कस्तो व्यक्ति थियो ? मानिसहरुले आ–आफ्नो निर्णय सुनाइरहेका छन् जसले हामीलाई र उसको परिवारलाई ुदःख दिइरहेको छ । म मानिसहरुलाई भन्न चाहन्छु कि ऊ बच्चाजस्तै थियो जो लालमोहन र चकलेट पाउँदा खुसी हुन्थ्यो । मलाई स्थिती कस्तो थियो थाहा छैन तर यो भन्न चाहन्छु कि ऊ डिप्रेस्ड भने थिएन ।’

अंकिताले थपिन् यी कुराः

– चार वर्षसम्म अंकिता र सुशान्तबीच कुनै कुराकानी भएको थिएन । उनीहरुसँग एक–अर्काको नम्बर थिएन । च्याटको स्क्रिन सटको कुरा गलत हो ।

– सन् २०१६ को मार्चमा राब्ताको सुटिङबाट फर्किएपछि सुशान्तले आफ्नो नम्बर फेरेका थिए जसबारे अंकितालाई थाहा थिएन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप