केन्द्रीय संस्करण

कोरोना संक्रमणबाट जगदम्बा इन्टरप्राइजेजका सिइओको निधन

११ जना स्वास्थ्यकर्मीसहित थप ४२ जनामा संक्रमण पुष्टि

person explore access_timeसाउन १६, २०७७ chat_bubble_outline0

वीरगञ्जमा कोरोना संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । गण्डकस्थित कोभिड अस्पतालमा उपचारका क्रममा  ५६ वर्षीय भारतीय नागरिकको बिहीबार राति करिब ११ बजे मृत्यु भएको अस्पतालका डाक्टर निरज सिंहले पुष्टि गरेका हुन् ।

५६ वर्षीय पुरुष वीरगञ्ज महानगरपालिकामा रहेको जगदम्बा इन्टरप्राइजेज उद्योगका सिइओ (प्रमुख कार्यकारी अधिकृत) हुन् । मुटु रोगी रहेका उनमा साउन ६ गते कोरोना संक्रमण पुष्टि भएपछि साउन ७ गते गण्डकस्थित कोभिड अस्पतालमा ल्याएर भर्ना गरिएको थियो ।

स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जगदम्बा इन्टरप्राइजेजका सिइओलाई कोभिड अस्पतालको आइसियुमा राखिएको थियो । बिहीबार दिउँसो अवस्था जटिल भएपछि उनलाइ भेन्टिलेटरमा राखिएको र भेन्टिलेटरमै उपचारका क्रममा बिहीबार राति करिब ११ बजे मृत्यु भएको कोबीड अस्पतालका चिकित्सक डाक्टर सिंहले जानकारी दिए ।

त्यसैगरी वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले जानकारी दिएअनुसार बिहिवार राति संक्रमण पुष्टि भएका ४२ जना मध्ये ११ जना स्वास्थ्यकर्मी र तीन जना मृगौला रोगी रहेका छन् ।

यस्तै मास ट्रेसिङमा पिसिआर जाँच गराएका ११ जना, स्वेच्छाले पैसा तिरेर पिसिआर जाँच गराएका २ जना, लोटस फर्माका कर्मचारी १ जना, मेग्न्स फर्माका कर्मचारी ३ जना ,पर्सा जिल्लाका ८ जना, बारा जिल्लाका २ जना र रौतहट जिल्लाका १ जना रहेको मेसु उपाध्यायले जानकारी दिए ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.