शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘चिसो मान्छे’ र ‘लकडाउन’ बनाउदै दीपेन्द्र

शुक्रबार, १६ साउन २०७७, १२ : १५
शुक्रबार, १६ साउन २०७७

काठमाडौं – निर्देशक दीपेन्द्र के खनालले दुई फिल्म घोषणा गरेका छन् । आफ्नै लेखन तथा निर्देशनमा उनले दुई फिल्म निर्माणको घोषणा गरेका हुन् । 

दीपेन्द्रले चलचित्र बिकाश बोर्डमा बिहीबार ‘चिसो मान्छे’ र  ‘लकडाउन’ नामका दुई फिल्म आधिकारीक रुपमा दर्ता गर्दै निर्माण घोषणा गरेका हुन् ।

दुबै फिल्मका निर्माता शर्मिला पाण्डे रहेकी छन् । लकडाउन अगाडि ‘आमा’ फिल्म निर्देशन गरेका निर्देशक खनालले दुई फिल्म मध्य ‘चिसो मान्छे’ पहिले निर्माण हुने बताए ।

सामाजिक बिषयमा निर्माण हुने दुबै फिल्मको छायाँकन सरकारले फिल्म क्षेत्र खोलेपनि हुनेछ । अहिले फिल्मको प्रिप्रोडक्सन कार्यमा निर्माण युनिट जुटेको छ ।

फिल्मका लागि सुटिङ स्पोट लगायत रिसर्चका लागि निस्कने तयारीमा दीपेन्द्र छन् । फिल्म छायाँकनमा जानु अगाडि कलाकार तथा निर्माण युनिट समेत सार्वजनिक गरिने निर्देशक दीपेन्द्रले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप