मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

सुनको मूल्य तोलामा ९९ हजार ३०० पुग्यो

शुक्रबार, १६ साउन २०७७, १२ : ३४
शुक्रबार, १६ साउन २०७७

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ९९ हजार ३०० रुपैयाँ पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा ९९ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन शुक्रबार ३०० रुपैयाँ बढेर ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजावी सुन तोलामा ९८ हजार ८६५ रुपैयाँमा कारोबार भएको छ भने चाँदी तोलामा १२ सय रुपैयाँमा कारोबार भएको छ । यसअघि बिहीबार चाँदी १२ सय २५ रुपैयाँमा कारोबार भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप