केन्द्रीय संस्करण
फोटोफिचर

बालुवाटार अगाडि ‘इनफ इज इनफ’ अभियान्ताको प्रदर्शन, ५२ जना समातिए (फोटोफिचर)

person explore access_timeसाउन १६, २०७७ chat_bubble_outline0
तस्बिर : सुवास श्रेष्ठ

काठमाडौँ । पीसीआर परीक्षणको दायरा बढाइनुपर्ने, आरडीटी परीक्षण बढाइनुपर्ने तथा अनसनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिन प्रधानमन्त्री निवास बालुवाटार अगाडि धर्ना दिन पुगेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ताहरुको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । 

सो क्रममा ५२ जना अभियन्ताहरु पक्राउ परेको प्रहरीले जनाएको छ । निषेधित क्षेत्र तोड्दै प्रदर्शन गर्न थालिएपछि प्रहरीले हस्तक्षेप गरेको हो । 

पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेत्रृ रञ्जु दर्शनासहित ‘इनफ इज इनफ अभियानको मागमा ऐक्यवद्धता जनाउन पुगेका  युथ कंग्रेस नेपालका नेता कार्यकर्ता समेत रहेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.