सिद्धार्थ बैंकको घरकर्जा ९.२५%मा
शुक्रबार, १६ साउन २०७७, १७ : ००
काठमाडौं । सिद्धार्थ बैंकले घर बनाउने, खरिद गर्ने तथा अन्य बैंक वित्तीय संस्थाबाट उपभोग गरिरहेको घरकर्जा सार्ने प्रयोजनाका लागि सस्तो तथा सरल किस्ता बन्दीमा घर कर्जा योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत बैंकले ग्राहकहरुलाई ९.२५% वार्षिक ब्याजदरमा घर कर्जा प्रदान गर्नेछ । सो प्रदान गरिएको कर्जाको ब्याजदर १ वर्षसम्मका लागि स्थिर रहनेछ ।
बैंकले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै विभिन्न समयमा यस्ता सरल तथा सहज किसिमको कर्जा योजनाहरु ल्याउँदै आएको छ भने यस योजनाले सबै ग्राहकहरुलाई आफ्नै घर बनाउने सपनालाई पूरा गर्न प्रेरित गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा