शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काभ्रेमा कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

शुक्रबार, १६ साउन २०७७, १८ : ४०
शुक्रबार, १६ साउन २०७७

काभ्रे । काभ्रे प्रहरीले कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका वडा नं. ११ आरुबोट कैदीटोल बस्ने बर्ष ५४ को कामीसिं तामाङको हत्या गरेको आरोप लागेका २ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा धलिखेल नगरपालिका ११ बस्ने सञ्जिव मैनाली र सोही स्थानमा बस्ने रुपेन्द्रमान लामा रहेका छन् ।

प्रहरीले रुपेन्द्रमान लामालाई साउन १५ गते धुलिखेल नगरपालिका–११ बाट पक्राउ गरेको थियो भने सन्जिव मैनालीलाई १५ गते राती ललितपुर महालक्ष्मी नगरपालिका–४ ढुङ्गेसाँगुबाट पक्राउ गरेको हो । कामीसिं साउन १५ गते बिहान ५ः ३० बजे काभ्रे  पाँचखाल नगरपालिका १० बेलास्थित बिपि राजमार्ग सडक खण्डबाट पाँचखाल जाने भित्री कच्ची सडक खण्डमा मृत फेला परेका थिए ।

प्रहरीका अनुसार मैनाली र लामाले कामीसिंलाई घाँटीमा बाँधेर केही परसम्म घिसारी टाउको र शरीरमा ढुंगाले हानेर हत्या गरेका थिए । हत्यालगत्तै उनीहरु फरार रहेका थिए । उनीहरूमाथि कर्तव्य ज्यान मुद्दामा काभ्रेपलाञ्चोक जिल्ला अदालतले म्याद थप गरी आवश्यक अनुसन्धान कार्य सुरु गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप