शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रुपन्देहीमा विप्लव समूहका जिल्ला इन्चार्जसहित १० कार्यकर्ता पक्राउ

शुक्रबार, १६ साउन २०७७, १९ : २७
शुक्रबार, १६ साउन २०७७

बुटवल । प्रतिबन्धित विप्लव नेतृत्वको नेकपाका रुपन्देही जिल्ला ईन्चार्जसहित १० कार्यकर्तालाई प्रहरीले  पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उक्त पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० जनालाई बुटवलबाट पक्राउ गरिएको जानकारी दिएको छ । उनीहरुलाई बुटवल उपमहानगरपालिको मोतिपुरबाट पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा विश्वास भट्टराई, माधव न्यौपाने, अज मोहम्मद मिया लगायत छन् । जसमा १ जना महिला पनि रहेकी छन् । रुपन्देहीका प्रहरी प्रहरी प्रवक्ता खड्कबहादुुर खत्रीले प्रहरीले पक्राउ परेकामाथि थप अनुसन्धान सुरू गरेको बताए । उनले पक्राउ परेकाहरुको दर्जा पनि सोधखोज भइरहेको रातोापटीलाई जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप