शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

पर्साको कोभिड अस्पतालबाट २० जना घर फर्के

शुक्रबार, १६ साउन २०७७, २१ : २३
शुक्रबार, १६ साउन २०७७

पर्सा । कोरोना भाइरसलाई हराउदै नारायणी अस्पताल विशेष कोरोना अस्थायी   अस्पताल गण्डकबाट उपचाररत मध्ये २० जना घर फर्केका छन ।


१८ बर्षदेखी ४७ बर्ष सम्मको उमेर भएका २० जना कोरोनाको लडाइमा जित हासिल गरेर घर फर्केका हुन । पुर्ण रुपमा निको भए पछि उनीहरुलाइ शुक्रबार बेलुका सम्मान गर्दै डिस्चार्ज गरिएको नारायणी अस्पतालका डाक्टर निरज सिहले बताए । 


कोरोना संक्रमणको पुष्टि भएपछि थप उपचारको लागि गत ५ गते कोभिड अस्पतालमा उनीहरुलाइ भर्ना गरिएको थियो । लगातार तीन पटक पीसीआर रिपोर्ट निगेटिभ आएपछि शुक्रबार डिस्चार्ज गरिएको डाक्टर सिहले बताए । 

घर फर्केकालाइ बिदाइ गर्दै विश्व स्वास्थ्य सगठनको मापदण्ड अनुसार एक साता सम्म होम क्वारेन्टाइनमा बस्न सुझाव समेत दिएको छ । डिस्चार्ज भए संगै कोभिड अस्पतालमा उपचार गराउनेको संख्या घटेर ४४ पुगेको छ ।

यद्यपि अहिले पनि आइसोलेशनको अभावमा १२६ जनालाइ होम आइसोलेशनमा राखिएको छ । ती मध्ये सक्रमणको लक्षण भेटिएका केहि सक्रमितलाइ कोभिड अस्पतालमा ल्याइने तयारी भइ रहेको डाक्टर सिहले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप